प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टरले ब्रिंगटोन माथि सानदार जित हात पारेको छ। त्यस्तै साबिक बिजेता लिभरपुल र टोटेनहम आफ्नो आफ्नो खेलमा बराबरीमा रोकिएका छन् ।
लेस्टरको घरेलु मैदानमा भएको खेलमा लेस्टरले ब्रिंगटोनमाथि ३-० को जित हात पारेको हो । लेस्टरका लागि म्याडीसनले खेलको २७ औं मिनेट र ४४ औं मिनेटमा दुई गोल गरे भने खेलको ४१ औं मिनेटमा भार्डीले गोल गरेका थिए । पहिलो हाफमा ३ गोल गरेको लेस्टरले दोस्रो हाफमा कुनै गोल गर्न नसक्दा लेस्टरले ३-०को जित हात पारेको हो। जितसंगै लेस्टर १२ खेलमा २४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ भने ब्रिंगटोन १२ खेलमा १० अंक सहित पुछारबाट पाचौं स्थानमा छ ।
हिजोनै भएको अर्को खेलमा साबिक बिजेता लिभरपुल र फुलहम बराबरीमा रोकिएका छन् । फुलहमको घरेलु मैदानमा भएको खेलमा फुलहमका लागी बि डी कोरडो- रेइडले पहिलो हाफको २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ७९ औं मिनेटमा लिभरपुलका लागि मो सालाहाले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलमा थप कुनै गोल हुन नसक्दा खेल बराबरीमा रोकिएको हो। बराबरीसंगै १२ खेल खेलेको लिभरपुल २५ अंक सहित गोल अन्तरले तालिकाको दोस्रो स्थानमा छभने फुलहम १२ खेलमा ९ अंक सहित तालिकामा पुछारबाट चौथो स्थानमा छ।
त्यस्तै गएरातिनै भएको क्रिस्टल प्यालेस र टोटेनहमबिचको खेल पनि बराबरीमा सकिएको छ। पहिलो हाफको २३ औं मिनेटमा सनको पासलाई सदुपयोग गर्दै हेरी केनले गोल गरेका थिए ।त्यस्तै खेलको ८१ औं मिनेटमा क्रिस्टल प्यालेसका स्चलुपले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलमा थप कुनै गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । बराबरीसंगै १२ खेल खेलेको टोटेनहम २५ अंक सहित गोलअन्तरले तालिकाको शीर्षस्थानमा छ भने क्रिस्टल प्यालेस १२ खेलमा १७ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।
यो पनि :