इंग्लिस प्रिमियर लिग फुटबलमा आज लेस्टर सिटीले फुलहमसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राती ११ः१५ मा सुरु हुनेछ। आजको खेलमा लेस्टर जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ । लिगमा ९ खेल खेलेको लेस्टर १८ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ ।
आजको खेलमा जित निकाल्न सकेमा लेस्टरले आफूलाई अंक तालिकाको दोस्रो स्थानमा उभ्याउनेछ । फराकिलो गोल अन्तरले फुलहमलाई पराजित गरेमा लेस्टर तालिकाको शीर्ष स्थानमा उक्लने सम्भावना छ ।
फुलहम भने आजको खेलमा जित निकाल्दै आफुलाई रेलिगेसनबाट जोगाउनखोज्ने छ।फुलहम भने ९ खेलबाट ४ अंक जोड्दै तालिकाको १९ औं स्थानमा रहेको छ । आजको खेल जिते फूलहम १७ औं स्थानमा उक्लिनेछ ।
यो पनि :घरेलु मैदानमा आर्सनलको अपत्यारिलो हार, जिमिनेज़ घाइते
यो पनि : चेल्सी र टोटनहमको खेल गोलरहित बराबरी, म्यानचेस्टर युनाइटेडको पुनरागमन जित