http://bit.ly/bajajdurbartimes

‘लेवान्डोस्की विश्व वर्ष खेलाडीका वास्तविक हकदार'


‘लेवान्डोस्की विश्व वर्ष खेलाडीका वास्तविक हकदार'

एजेन्सी । बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले रोबर्ट लेवान्डोस्की विश्व वर्ष खेलाडीका वास्तविक हकदार भएको बताएका छन् ।

लेवान्डोस्की फिफा वर्ष खेलाडीको अन्तिम तीनको सूचिमा मनोनित भएका छन् । बिहिबार स्विटजरल्याण्डको जुरिचमा हुने कार्यक्रममा अवार्ड विजेताको नाम घोषणा गरिनेछ ।

लेवान्डोस्कीसंगै वर्ष खेलाडीको मनोनयनमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी समेत रहेका छन् ।

३२ वर्षिया फरवार्डले दुई गोल गरेको खेलमा बायर्न म्युनिखले बुधबार राति वोेल्फ्सबर्गलाई २–१ ले हराएको थियो । प्राप्त जितले बायर्नले लिग तालिकामा शीर्ष स्थानको बायर लिभरकुसनसंगको दुरी एक अंकमा झारेको छ ।

बुधबार राति लेवान्डोस्कीले बुन्डेसलिगामा २ सय ५० गोलको कोशेढुङ्गा पार गरे । उनले ३ सय ३२ खेलमा सो कोशेढुङ्गा बनाएका हुन् । उनी भन्दा अघि रहेका गेरड मुलरले ३ सय ६५ गोल गरेका छन् भने क्लाउस फिसले २ सय ६८ गोल गरेका छन् ।

लेवान्डोस्कीले यस सिजन लिगमा ११ गोल पुरा गरेका छन् । सबै प्रतियोगितामा उनको गोल संख्या १५ पुगेको छ । उनकै प्रर्दशनमा बायर्नले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थियो । च्याम्पियन्स लिग सहित बायर्नले तीन उपाधि गत सिजन हात पारेको थियो ।

बायर्नका सहकर्मी म्यानुअल नोयरले समेत लिगमा २ सय खेलमा जित निकाले । उनले २ सय ६१ खेलमा सो सफलता प्राप्त गरेका हुन् । थोमस मुलरको कीर्तिमानलाइ पछि पारेका नोयर फिफाको वर्ष उत्कृष्ट गोलकिपरको सूचिमा रहेका छन् ।

‘मैदानमा उनी एकतर्फबाट धेरै महत्वपूर्ण हुन्छन् । तर उनी टिमको घेराभित्र समेत हुन्छन् ।’ फ्लिकले भने ।

‘निश्चित रुपमा उनी एक महत्वपूर्ण खेलाडी हुन् । जो सही अर्थ राख्छन् ।’ उनले थपे ।

‘त्यसैले हामी सबैले हेरिरहेका छौ । म्यानुअलको साथमा लेवान्डोस्कीले समेत पुरस्कार जित्नेछन् । दुवै खेलाडी वास्तवमा यसको हकदार हुन् ।’ उनले भने ।

फ्लिक समेत लिड्स युनाईटेडका मार्सेलो बायलासा र लिभरपुलका योर्गेन क्लोपसंगै फिफा वर्ष प्रशिक्षकको मनोनयनमा परेका छन् ।

यो पनि :

1

पिएसजीका प्रशिक्षकलाई कोरोना भाइरस,अन्य यी खेलाडी पनि संक्रमित

2

अन्ततः डा गोविन्द केसी पनि सडकमा

3

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान

4

५० वर्षको उमेरमा प्रदेश १ का मुख्यमन्त्रीले विवाह गर्दै,कोसँग गर्दै छन् ?

5

आवरणद्वारा दाेलखाको विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा वितरण

6

इन्फ्रास्ट्रक्चरको आइपीओमा आवेदनको बाढी,पहिलो दिन कति पर्यो आवेदन?


Share Tweet Send