durbar-times

लगातार रेकर्ड कायम गर्दै नेप्से, १० अर्बभन्दा बढीकाे काराेबार


लगातार रेकर्ड कायम गर्दै नेप्से, १० अर्बभन्दा बढीकाे काराेबार

मंगलबार नेप्से सूचक १५.५० अंकले बढेर २६०१.५१ विन्दुमा आइपुगेको छ ।१० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २०८ कम्पनीको १ करोड ७७ लाख ३२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । वाणिज्य बैंक समूहमा सबैभन्दा बढी तेजी आएको छ । आधा दर्जन कम्पनी सर्किट लाग्ने गरी वृद्धि भएका छन् । खरिदबिक्री रकममा करिब ५३ करोडसहित नबिल बैंक अग्रस्थानमा रहेको छ ।

यससँगै बजारले नयाँ उचाई बनाएको छ । आम लगानीकर्ताका लागि मनोवैज्ञानिक हिसाबले समेत महत्वपूर्ण प्रभाव पार्ने विन्दुभन्दा माथि नै गएर नेप्से अडिएको छ । सूचकको वृद्धिसँगै कारोबार रकमले पनि साथ दिएको छ । सूचक र रकम दुवैमा उत्साहजनक वृद्धिले बजार सुधारकै गतिमा रहेको विश्लेषकहरुले अनुमान लगाएका छन् ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send