लगातार उकालाे लाग्दै गएकाे नेप्से सूचक बिहिबार पनि बढेकाे छ । लगानीकर्ताहरू पनि उत्साहित देखिएका छन् ।
नेप्से सूचक १५.९१ अंकले बढेर २१९४.४८ विन्दुमा आइपुगेको छ । २०८ कम्पनीको ५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड १७ लाख ६७ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । अन्य बाहेक बाँकी सबै समूहको सूचक वृद्धि भएको छ । व्यापारिक, उत्पादनमूलक र निर्जीवन बिमा समूहमा सबैभन्दा बढी तेजी आएको छ ।
वाणिज्य बैंक समूहको सूचकमा पनि दोहोरो अंकको तेजी आएको छ । ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएका छन् । खरिदबिक्री रकममा प्रभु बैंकले अग्रता लिएको छ । यसको ३१ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा पुनर्बिमा र तेस्रोमा चिलिमे हाइड्रोपावर कम्पनी परेका छन् ।