http://bit.ly/bajajdurbartimes

कहिले हुन्छ लाइसेन्सको परीक्षा?


कहिले हुन्छ लाइसेन्सको परीक्षा?

काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ ।

काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले बताए । सामान्य अवस्थामा यी कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र अनुमतिपत्र वितरण गर्दै आएका थिए । गत चैतदेखि भने कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गरेका छैनन् ।

सेवाग्राहीको धेरै भीड हुने भएकाले तत्काल नखोलिने उनले बताए । उनले भने, ‘अवस्था केही सामान्य भएपछि नै परीक्षा लिन सकिन्छ ।’ सरकारले गत चैतमा बन्दाबन्दी गरेपछि असारसम्म कार्यालय ठप्प थियो । असारदखि नै कार्यालयले अनुमतिपत्र वितरण र नवीकरण शुरु गरेको थिए । दशैँ पहिलेसम्म धेरै कार्यालय बन्द रहेकाले फुर्सद्को समयमा चालक अनुमतिपत्र लिन आउने र नवीकरणका लागि आउने सेवाग्राहीका कारण कार्यालयमा धेरै भीड हुने गरेकोे थियो ।

दशैँ-तिहारपछि सेवाग्राहीको चाप कम भएको उनले बताए । उनका अनुसार अनुमतिपत्र खोल्ने कहिले भन्ने धेरै सेवाग्राहीको चासो रहेको छ । उनले भने, ‘कतिले फोन गरेर र कतिले कार्यालयमा आएर कहिले अनुमतिपत्र खुल्छ भनेर सोध्ने गर्छन् ।’ प्रदेश सरकार मातहातको कार्यालय भएकाले वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले निर्णय गरेपछि मात्रै नयाँ अनुमतिपत्र खुल्नेछ ।

यो पनि : त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

1

टोटेनहम र लिभरपुल भिड्दै

2

आर्मी लगातार चौथो पटक फाइनलमा

3

टी-टेनमा सोमपालको डेब्यु

4

सावित्राको ह्याटि्रकमा एपीएफ र मिथो रुथको दोहोरो ह्याटि्रकमा वालिङ विजयी

5

२४ घण्टामा २१३ जनामा कोरोना पुष्टि

6

प्रधानमन्त्री ओलीलाई ५ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश


Share Tweet Send