लाइसेन्सको ट्रायल पास गरेका धेरै सवारी धनीहरु हाल स्मार्ट ड्राइभिङ लाइसेन्स कहिले आँउछ भनेर पर्खिरहेका हुन्छन् । लाइसेन्स आए / नआएको हेर्ने तरीका धेरैलाइ थाह नहुन सक्छ ।
अहिले यातायात व्यवस्था विभागकाे अनलाइनबाटै लाइसेन्स प्रिन्ट भए /नभएको र कहाँ पठाइएको छ भन्ने बिषयमा जानकारी लिन सकिन्छ ।
आफ्नो मोबाइलबाट म्यासेज पठाएर पनि ड्राइभिङ लाइसेन्सका लागि लिइएको लिखित परीक्षाको नतिजा र आफ्नो स्मार्ट ड्राइभिङ लाइसेन्स तयार भए वा नभएको हेर्न सकिन्छ ।
लिखित परीक्षाकाे नतिजा माेबाइलमा WT<space>Applicant ID> लेखी 33001 मा सेन्ड गर्नुपर्ने हुन्छ ।
त्यस्तै स्मार्ट कार्ड छापिएकाे वा नछापिएकाे बारे थाहा पाउन LC<space>Applicant ID> लेखी 33001 मा सेन्ड गर्नुपर्ने हुन्छ ।
https://www.dotm.gov.np/DrivingLicense लिङ्कमा गएर आफ्नो नाम र लाइसेन्स नम्बर र मोबाइल नम्बर दर्ता गरेरपनि थाहापाउँन सकिन्छ ।

