काठमाडौं | सवारी चालक अनुमतिपत्रको अनलाइन फारम पुस १४ गतेदेखि खुलेको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण सरकारले चैत्र १० गतेदेखि अनलाइन फारम बन्द गरेको थियो ।
अनलाइन रजिष्ट्रेसनको समय आइतबारदेखि बुधबारसम्म बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
आवेदन खुले पनि फारम भर्न नसकिएको सेवाग्राहीहरूको गुनासो छ।
यस्तो छ कारण
दैनिक निश्चित कोटा निर्धारण गरिएकाले कोटा सकिँदा सेवाग्राहीले आवेदन फारम भर्न नमिल्ने यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुषालले जानकारी दिए।
उनले भने,‘हामीले १९ वटा कार्यालयबाट दैनिक ५ हजार आवेदन लिन्छौं। कोटा सकिएपछि फारम भर्न मिल्दैन,’
अहिले सेवाग्राहीलाई समस्या परे पनि केही समयमा समस्या सुल्झिने उनले बताए।
‘९ महिनादेखि रोकिएकाले धेरै चाप छ। यो चाप विस्तारै घट्दै गएपछि अबको एक महिनामा सजिलै भर्न सकिन्छ,’ उनले भने।
यो समय मात्र भर्न सकिन्छ फारम
- आइतबारदेखि बुधबारसम्म
- बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म
