Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

३९ वर्षमा पुरुष नभई महिला भएको महसुस् हुँदा लिंग नै परिवर्तन्


३९ वर्षमा पुरुष नभई महिला भएको महसुस् हुँदा लिंग नै परिवर्तन्

एजेन्सी बलिउडका प्रसिद्ध फेशन डिजाइनर स्वप्निल सिन्दे अब सायशा सिन्दे बनेकी छिन् । उनले केबल आफ्नो नाम मात्रै बदलिनन् । लिंग नै परिवर्तन् गरिन् । पहिला पुरुष थिए । अहिले महिला बनिन् । दोहोरो जिन्दगी बाँच्नु पर्दा उनले थुप्रै हैरानी बेहोर्नु परेको अनुभव छ उनको । ‘म महिला हुँ कि पुरुष आफैंलाई प्रश्न गर्थेँ तर, उत्तर भेटेको थिइन । यसपालीको लकडाउनमा मलाई महसुस् भयो म को हुँ अनि लिंग परिवर्तन गर्ने निर्णय गरेँ ।’ उनले भनिन् ।

उनले बलिउडका अभिनेत्री दिपिका पादुकोण, कट्रिना कैफ, करिना कपुर, अनुष्का शर्मा, श्रद्धा कपुर, सन्नी लियोनीलगायतको फेशन डिजाइन गरेकी छिन् । उनले केही दिन पहिलो आफ्नो इन्स्टाग्राम एकाउन्टमा भावुक पोष्ट गर्दै नयाँ पहिचानको बारेमा जानकारी दिएकी थिइन् । उनले भनेकी छिन् ‘म अब एक ट्रान्सवुमन हुँ, साँच्चै भन्ने हो भने आम मान्छेलाई अझै यकिन भैसकेको छैन म सायशा सिन्दे भएको । वर्षौदेखी मलाई स्पप्निल भनेर बोलाइरहेकाहरुले फेरि त्यहि नामले बोलाउन सक्छन् अब पुरानो नामले मेरो ध्यान खिच्ने छैन ।’

३९ वर्षिया सायशालाई ६ वर्षको हुँदा थाहा थियो आफुलाई जनरल आइडेन्टिटी डिस्फोरिया भएको । सानो हुँदा उनले आफ्नै वारेमा पनि धेरै कुरा थाहा पाउन सकिनन्, परिवारका सदस्यलाई आफ्नो समस्यावारे भन्ने अवस्था पनि थिएन । जब ठूलो हुँदै गइन्, समलिंगी पुरुषसंग उनको परिचय भयो ।

लिंग परिवर्तनपछि उनले आफ्नो स्वास्थ्य स्थितीका वारेमा पनि निकै चनाखो हुनु परेको बताइन् । खानपानदेखी अन्य औषधी समेत डक्टरको निगरानीमा मात्रै खानु पर्ने उनको भनाई छ ।

1

मेलम्चीकाे पानी काठमाडाैँमा , अवलाेकन गर्न प्रधानमन्त्री सुन्दरीजल जाने

2

चाेरि भएर अमेरिका पुगेकाे मूर्ति नेपालले पायाे

3

ओली समूहकाे संसदीय दलकाे बैठक बस्दै , वामदेव नजाने

4

मेराे शेयरकाे पासवर्ड बिर्सिनुभयाे ? यसरी गर्नुस रिसेट

5

विप्लव र नेपाल सरकारबीच छुटेकाे चाैथाे बुँदा

6

विप्लवकाे सम्बाेधनकाे पूर्ण पाठ


Share Tweet Send