durbar-times

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा आमने सामने


लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा आमने सामने

एजेन्सी । युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ ।

यूईएफएले बिहीबार नयाँ सिजनको लागि समूह चरणको ड्र सार्वजनिक गरेको हो । यूईएफएले निकालेको ड्र अनुसार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको टिम समूह चरणमै खेल्ने भएका छन् ।

मेस्सीको टिम बार्सिलोना र रोनाल्डोको टिम युभेन्ट्स एकै समूहमा परेका छन् । समूह 'जी' मा बार्सिलोना र युभेन्ट्ससँगै डाइनामो किभ र फेरेन्सभारेस रहेका छन् ।

साविक विजेता बायर्न म्युनिख भने समूह 'ए' मा परेको छ । यस समूहमा एट्लेटिको मड्रिड, लोकमोटिभ मोस्क्भा र साल्जवर्ग रहेका छन्  ।समूह 'बी' मा रियल मड्रिड, शाक्तर डोनेट्स, इन्टर मिलान र बोरुसिया मन्छेनग्लाडबाख रहेका छन् । समूह 'सी' मा पोर्टो, म्यानचेस्टर सिटी, ओलम्पियाकोस र मार्सेली रहदा समूह 'डी' मा लिभरपुल, आयाक्स, एटलान्टा र मिडजिल्याण्ड परेका छन् ।

समूह 'इ' मा सेभिया, चेल्सी, क्रास्नोडार र रेनस पर्दा समूह 'एफ' मा जेनिट सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमण्ड, लाजियो र क्लब ब्रुगा रहेका छन् ।यस्तै समूह 'एच' मा पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइपजिग, इस्तानबुल बसाकसेइर रहेको छ ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send