प्रिमियर लिगमा गएराती भएको खेलमा लिभरपुल र लेस्टरले जित हात पारेका छन् ।
साबिक विजेता लिभरपुलले आफ्नो घरेलु मैदानमा भएको खेलमा उल्भ्सलाई ४-० गोलअन्तरले हराएको छ । पहिलो हाफको २४ औं मिनेटमा मो. सलाहले पहिलो गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको ५८ औं मिनेटमा वायेनाल्डम , ६७ औं मिनेटमा मेटिप गोल गरेका थिएभने खेलको ७८ औं मिनेटमा उल्भ्सका सेमेडोले आत्मघाती गोल गरेपछि लिभरपुलले फराकिलो जित हासिल पारेको हो।
टोटेनहमसंग समान अंक भएको लिभरपुल ११ खेलमा २४ अंकसहित गोल अन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा छ।उल्भ्स भने ११ खेलमा १७ अंकसहित तालिकाको दशौँ स्थानमा छ।
गए राती नै भएको अर्को खेलमा लेस्टरले खेलको अन्तिम मिनेटमा गोल गर्दै जित हासिल गरेको छ।
सेफेल्ड युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लेस्टरले २-१ गोलको जित हात पारेको हो । खेलको पहिलो हाफको २४ औं मिनेटमा लेस्टरका लागी अयोजे पेरेजले गोल गर्दै अग्रता दिलाएका थिए भने २६ औं मिनेटमा सेफेल्डका लागी एम.सी. बुर्नैले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको अन्तिम समयमा भार्डीले गोल गर्दै लेस्टरलाई जित दिलाएका थिए ।
जितपछि लेस्टर ११ खेलमा २१ अंक सहित तालिकाको चौथों स्थानमा छ भने सेफेल्ड युनाइटेड ११ खेलमा १ अंक सहित तालिकामा पुछारबाट पहिलो स्थानमा रहेको छ।
यो पनि : टोटेनहम आर्सनलमाथी भारी