लिभरपुलको फराकिलो जितमा डिएगो जोटाको ह्याटि्रक


लिभरपुलको फराकिलो जितमा  डिएगो जोटाको ह्याटि्रक

युइएफए च्याम्पियन्स लिगमा इङलिस क्लब लिभरपुलल आटलान्टामाथि  फराकिलो जित हात पारेको छ।

समूह चरण अन्तर्गत समूह ‘डि’ मा रहेको लिभरपुलले गय राती सम्पन्न खेलमा इटालीयन क्लब आटलान्टा माथि ५-० गोलको जित हात पारेको हो।

अवे खेलमा स्ट्राइकर डिएगो जोटाले  लिभरपुलका लागि पहिलो ह्याटि्रक गरेका थिए । जोटाले खेलको १६अौं, ३३अौं मिनेटमा, ५४अौं मिनेटमा  व्यक्तिगत ह्याटि्रक पूरा गरेका थीए ।

लिभरपुलका मोहम्मद सालाहले खेलको दोस्रो हाफको ४७ मिनेटमा नै तेस्रो गोल गरे भने लगत्तै ४९अौं मिनेटमा साडियो मानेले लिभरपुलक लागि चौथो गोल गरे।

खेलमा ५-० को फराकिलो जित निकाल्दै लिभरपुल तालिकाको शिर्ष स्थानमा रहेको छ। यस्तै समान ३ खेलबाट ४ अंक बटुलेको आटलान्टा तालिकाको तेस्रो स्थानमा रहेको छ।

च्याम्पियन्स लिग : रियललाई सिजनको पहिलो जित
रोड्रिगोको निर्णायक गोलमा इन्टर मिलानलाई पराजित गर्दै रियल म्याड्रिडले च्याम्पियन्स लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा रियल ३–२ गोलअन्तरले विजयी बनेको हो । रियलको जितका लागि करिम बेञ्जेमा, सर्जियो रामोस र रोड्रिगोले गोल गरे। भने पाहुना ट…
च्याम्पियन्स लिगमा बायर्न म्युनिक र सिटिको जित
च्याम्पियन्स लिगमा बायर्न म्युनिकको अपराजित यात्रा कायम गर्दै समूह चरणको तेस्रो खेलमा अष्ट्रियन क्लब साल्जवर्गलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।बायर्नले साल्जवर्गलाई ६–२ को अन्तरले गोलले जितेको हो। बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा जेरोमी बोएटिङ, साने र लुकास हर्नान्डेजले गोल गरेका…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...