इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा लिभरपुल र एभरटनले जित हात पारेका छन् भने आर्सनल बराबरीमा रोकिएको छ ।
साबिक बिजेता लिभरपुलले टोटेनहम लाई २-१ गोल अन्तरले पराजित गरेको छ। टोटेनहमलाई हराउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
खेलको २६ औं मिनेटमा मो. सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए भने खेलको ३३ औं मिनेटमा टोटेनहमका लागी हुंग मिन सनले गोलगर्दै खेल बराबरीमा ल्याएका थिए ।
त्यस्तै खेलकाे ९० औं मिनेटमा फिरमिन्हाेले हेडिंग गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन् । लिभरपुल १३ खेलमा २८ अंक सहित तालिकाको शीर्ष स्थानमा छ भने १३ खेलमा २५ अंक सहित टोटेनहम तालिकाको दोस्रो स्थानमा छ ।
हिजोनै भएको अर्को खेलमा लेस्टर सिटी आफ्नै घरेलु मैदनामा एभरटनसंग २-० गोल अन्तरले पराजित भएको छ । खेलको पहिलो हाफको २१ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभरटनलाई अग्रता दिलाएका थिए भने ७२ औं मिनेटमा होल्गेटले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन्। हार पछि लेस्टर १३ खेलमा २४ अंक सहित तालिकाको चौथौं स्थानमा छ भने एभरटन १३ खेलमा २३ अंक सहित तालिकाको पाचौं स्थानमा छ ।
त्यस्तै लगातर कमजाेर प्रदर्सन गरि रहेको आर्सनलले हिजो आफ्नै घरेलु मैदानमा भएको खेलमा साउथहमटन संग १-१ काे बराबरी खेलेको छ । पहिलो हाफको १८ औं मिनेटमा साउथहमटनका लागि वालकटले गोल गर्दै अग्रता दिलाएको थिए भने खेलको ५२ औं मिनेटमा अबुमियांगले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेल बराबरी भएसंगै १३ खेलमा २४ अंक सहित साउथहमटन तालिकाको तेश्रो स्थानमा छ भने १३ खेलमा १३ अंक सहित आर्सनल तालिकामा पुछारबाट छैटौं स्थानमा छ।
हिजोनै भएका अरु खेलमा लीड्सले न्युक्यासलमाथि ५-२ गोलअन्तरकाे जित हात पारेको छ भने वेस्ट हम र क्रिस्टल प्यालेस १-१ गोलको बराबरी रोकिएका छन् त्यस्तै फुलहम र ब्रिंगटन गोलरहित बराबरीमा रोकिएका छन् ।
याे पनि :