काठमाडौं । साविक विजेता लिभरपुल लेस्टरलाई पराजित गर्दै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । मुख्य खेलाडीहरु चोट र कोरोना संक्रमणका कारण टिममा नरहेपनि लिभरपुलले लेस्टरलाई ३-० ले पराजित गरेको हो ।
फरवार्ड मोहम्मद सालाह, थियागो अन्कान्टारा, भर्जिल भान डाइक, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड जो, गोमेज ,जोर्डन हेन्डरसन जस्ता खेलाडी मैदान बाहिर रहे पनि लिभरपुलले घरेलु मैदानमा शानदार जित हात पारेको हो ।
एनफिल्डमा लेस्टरा जोनी इभान्सले २१औं मिनेटमा आत्मघाती गोल गरे भने खेलको ४१औं मिनेटमा डिएगो जोटाले गोल गरेभने ८६औं मिनेटमा रोवर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए ।
प्रिमियर लिगकै अर्को खेलमा एभरटनले फुलहमलाई ३-२ ले पराजित गरेको छ । एभरटनका लागि डोमिनिक काल्भर्ट लेविनले दुई गोल गरे । जितपछि ९ खेलबाट १६ अंक जोडेको एभरटन छैटौं स्थानमा उक्लेको छ ।
यस्तै आर्सनलले लिड्स युनाइटेडसंग गोलरहित बराबरी खेलेको छ । बराबरीपछि आर्सनल १३ अंकसहित ११औं स्थानमा छ भने ११ अक रहेको लिड्स १४औं स्थानमा छ ।
यो पनि पढ्नुहोस्: मोहमद सलाह कोरोना मुक्त