durbar-times

बंगलादेशमा पुनः लकडाउन


बंगलादेशमा पुनः लकडाउन

एजेन्सी । बंगलादेशमा पुनः लकडाउनको घोषणा गरिएको छ । दैनिक रुपमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि ७ दिनका लागि लकडाउन घोषणा गरिएको हो ।

बंगलादेश सरकारका राज्यमन्त्री फरहाद हुसैनले अप्रिल ५ देखि देशभर एक हप्ताका लागि पूर्ण लकडाउन हुने बताएका छन् । अवामी लिगका महासचिव अबदुल कदेरका अनुसार सरकारले कोरोना नियन्त्रणका लागि देश्व्यापी लकडाउन गर्न सबै तयारी गरिसकेको छ ।

बंगलादेशमा शुक्रबार ६ हजार ८०० जनामा कोरोना पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा त्यहाँ ५० जनाको मृत्यु भएको तथ्यांक छ।

सन् २०२० मा बंगलादेशमा ३ महिना लकडाउन गरेको थियो ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send