काठमाडौँ । लोक सेवा आयोगले निजामती सेवा तर्फ प्राविधिकलगायत विभिन्न पदमा विज्ञापन आह्वान गरेको छ। आयोगले करिब तीन सय पदका लागि बुधबार सूचनाप्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।
आयोगले राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा खुला र समावेशीतर्फ लिखित परीक्षाको विज्ञापन गरेको छ। ३० प्रतिशत आन्तरिक बढुवा र बाँकी खुलाबाट यी पदमा पदपूर्ति गरिनेछ।
दरखास्त मंसिर १६ गतेसम्म दिइसक्नुपर्ने छ। परीक्षा मिति भने पछि तय गरिने आयोगले जानकारी दिएको छ ।
निजामति सेवातर्फ २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र स्वास्थ्य सेवातर्फ २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। तर बहालवाला निजामति कर्मचारीको हकमा भने उमेरहद लाग्ने छैन।




नेपाल परिचय आठौं संस्करण २०७७ - लोकसेवा तयारी गर्नेहरुले नजर पुर्याउनैपर्ने
नेपाल परिचय आठौ संस्करण २०७७, लोकसेवा तयारी गर्नेहरुले नजर पुर्याउनैपर्ने एक
महत्वपूर्ण सरकारी दस्तावेज पूर्ण पाठ नेपाल परिचय आठौ संसोधन.pdfGoogle Docs
[https://drive.google.com/file/d/1kywFPKr6JjeKw0Iqhpbl4xXgN0UFwaNx/view?usp=sharing]
