http://bit.ly/bajajdurbartimes

लोकसेवाले खुलायो ६३८ पदमा विज्ञापन


लोकसेवाले खुलायो ६३८ पदमा विज्ञापन

काठमाडौँ — लोकेसवा आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदको रिक्त स्थान पूर्तिका लागि ठूलो संख्यामा विज्ञापन निकालेको छ । कोभिड–१९ संक्रमण बढ्दै गएका बेला आयोगले वार्षिक कार्यतालिकाअनुसार परीक्षाको तयारी थालेको हो, कोभिड संक्रमितका लागि भने कुनै वैकल्पिक व्यवस्था छैन ।

विभिन्न सेवा समूहका सहसचिव र उपसचिवका खुला तथा बढुवाको गरेर ६ सय ३८ पदको विज्ञापन बुधबार गरिएको छ । निजामती, संसद् र स्वास्थ्यमा गरेर सहसचिव १ सय ८२ तथा उपसचिव ४ सय ५६ पदका लागि विज्ञापन गरिएको हो । सरकारले रोकिएको परीक्षा सञ्चालन गर्न तथा नयाँ विज्ञापन खुलाउन आयोगलाई आग्रह गर्ने निर्णय असोज पहिलो साता नै गरेको थियो ।

त्यसैअनुसार आयोगले गत चैतबाट रोकिएको परीक्षा लिन नयाँ तालिका पनि यसअघि नै सार्वजनिक गरिसकेको छ । गतवर्ष नै विज्ञापन गरी एक चरणको परीक्षा भइसकेर प्रक्रियामा रहेको नायब सुब्बा, शाखा अधिकृत तथा सहसचिव पदका लिखित तथा मौखिक परीक्षाको थालनी आयोगले गरिसकेको छ ।

नेपाल परिचय आठौं संस्करण २०७७ - लोकसेवा तयारी गर्नेहरुले नजर पुर्याउनैपर्ने
नेपाल परिचय आठौ संस्करण २०७७, लोकसेवा तयारी गर्नेहरुले नजर पुर्याउनैपर्ने एक महत्वपूर्ण सरकारी दस्तावेज पूर्ण पाठ नेपाल परिचय आठौ संसोधन.pdfGoogle Docs [https://drive.google.com/file/d/1kywFPKr6JjeKw0Iqhpbl4xXgN0UFwaNx/view?usp=sharing]

अहिले विज्ञापन गरिएका सहसचिव र उपसचिव पदको लिखित परीक्षा मंसिर अन्तिममा सुरु भएर माघ अन्तिमसम्म चल्नेछ । ‘बिहान र दिउँदो दुई सिफ्टमा परीक्षा चलाउँदा पनि माघ अन्तिमसम्म जाँचको रुटिन बनेको छ,’ आयोगका अध्यक्ष उमेश मैनालीले भने । यसपछि क्रमश: शाखा अधिकृत, नायब सुब्बा, खरिदारलगायत पदका रिक्त दरबन्दीहरूको विज्ञापन गरिने उनले उल्लेख गरे ।

आयोगले परीक्षामा कोभिड–१९ संक्रमितले परीक्षामा बस्न नपाउने गरी मापदण्ड तयार पारेको छ । कोभिड संक्रमितका लागि वैकल्पिक व्यवस्था नगरिएकामा विरोध पनि भइरहेको छ । परीक्षा हलमा प्रवेशपूर्व विद्यार्थी स्वयंले आफूलाई कोभिड संक्रमण भए/नभएको घोषणा गर्नुपर्ने मापदण्डमा भनिएको छ । संक्रमित विद्यार्थीका लागि अर्को मितिमा वा छुट्टै हल व्यवस्थापन गरेर परीक्षा लिन सम्भव नदेखिएको अध्यक्ष मैनालीले बताए ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाको मापदण्डलाई तोकेर परीक्षाको तयारी गरिएको बताए । एउटा परीक्षा केन्द्रमा एक सय जना मात्रै परीक्षार्थी हुनेछन् । एउटा हलमा २५ जना परीक्षार्थी राखिनेछ । एउटा बेन्चमा एक जना परीक्षार्थी मात्रै हुनेछन् । परीक्षार्थी तथा परीक्षा गराउन खटिने जनशक्तिले मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने परीक्षा व्यवस्थापन मापदण्डमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञापन

लाेकसेवाकाे नक्कली परीक्षा सञ्चालन गर्ने पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले लाेकसेवा आयाेगकाे नक्कली परीक्षा लिने एकजनालाई पक्राउ गरेकाे छ । बारा जिल्ला जितपुर सिमरा , १९ का अजयकुमार रायलाई प्रहरीले बुधबार पर्साकाे विरगञ्जमा अनुसन्धान विभागको इन्सपेक्टर, असई, सूचक र खरिदारको परीक्षा लिइरहेकाे बेला पक्राउ गरेकाे हाे । विरगञ्जकाे देव पार्टी …
लोक सेवाका स्थगित सम्पूर्ण पदपूर्ति फुकुवा गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले स्थगित गरिएका निजामती सेवाका विभिन्न सेवा र श्रेणीका सम्पूर्ण पदपूर्ति प्रक्रिया फुकुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगबाट भएको विज्ञापन अनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका, पदपूर्तिका लागि विज्ञापन …

सभार: लोकसेवा आयोग, कान्तिपुर

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send