लाेकसेवा आयागले वार्षिक तालिका अनुसार ४८७ जना खरिदार माग गरेकाे छ। आज गाेरखापत्रमा विज्ञापन जारी गर्दै विभिन्न ठाउँमा विभिन्न सेवा समूहका लागि खरिदार माग गरेकाे छ। फारम भर्नका लागि आयाेगकाे वेवसाइट psconline.psc.gov.np मा गएर लगइन गरी भर्न सकिनेछ ।
फारम भर्ने मिति भने सिंगल दस्तुरका लागि चैत १७ गतेसम्म रहेकाे छ भने दाेब्बर दस्तुर तिरी चैत २४ गतेसम्म भर्न सकिनेछ । उक्त विज्ञापनकाे परीक्षा मिति र पाठ्यक्रम भने पछि सार्वजनिक गरिने आयाेगले जानकारी दिएकाे छ ।
कहाँ कति माग ?














