लोकसेवाको परीक्षा शाखा नै सिल


लोकसेवाको परीक्षा शाखा नै सिल

लोक सेवा आयोगका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै तीन महत्त्वपूर्ण शाखाहरू सिल गरिएको छ ।

लोक सेवा परीक्षा सञ्चालन गर्ने आयोगकै तीन महत्त्वपूर्ण शाखाहरू सूचना(विज्ञापन) तथा प्रकाशन शाखा, लिखित नतिजा प्रकाशन(प्राविधिक र अप्राविधिक) दुवै शाखाका गरी चार कर्मचारीलाई कोरोना सङ्क्रमण भएसँगै ती शाखाहरू निसंक्रमित गरेर सिल गरिएको छ ।

नेपाल परिचय आठौं संस्करण २०७७ - लोकसेवा तयारी गर्नेहरुले नजर पुर्याउनैपर्ने
नेपाल परिचय आठौ संस्करण २०७७, लोकसेवा तयारी गर्नेहरुले नजर पुर्याउनैपर्ने एक महत्वपूर्ण सरकारी दस्तावेज पूर्ण पाठ नेपाल परिचय आठौ संसोधन.pdfGoogle Docs [https://drive.google.com/file/d/1kywFPKr6JjeKw0Iqhpbl4xXgN0UFwaNx/view?usp=sharing]

कर्मचारीलाई कोरोना देखिएपछि तीन वटै शाखाका गरी करिब १८-२० जना कर्मचारीलाई १५ दिनका लागि घरमै बस्न भनिएको छ । यी तीनै शाखा आयोगका सबैभन्दा धेरै मोविलिटी हुने शाखा हुन् ।

लाेकसेवाकाे नक्कली परीक्षा सञ्चालन गर्ने पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले लाेकसेवा आयाेगकाे नक्कली परीक्षा लिने एकजनालाई पक्राउ गरेकाे छ । बारा जिल्ला जितपुर सिमरा , १९ का अजयकुमार रायलाई प्रहरीले बुधबार पर्साकाे विरगञ्जमा अनुसन्धान विभागको इन्सपेक्टर, असई, सूचक र खरिदारको परीक्षा लिइरहेकाे बेला पक्राउ गरेकाे हाे । विरगञ्जकाे देव पार्टी …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...