durbar-times

चैत १० पछि लाेकसेवा आयाेगका काम बन्द हुने अवस्थामा , नियमित परीक्षा के हाेला ?


चैत १० पछि लाेकसेवा आयाेगका काम बन्द हुने अवस्थामा , नियमित परीक्षा के हाेला ?

६ वर्षकाे कार्यकाल पुरा गरी चैत ६ गतेबाट अवकाश पाउन लागेका लाेकसेवा आयाेगका अध्यक्ष उमेश मैनाललीले चैत १० पछि लाेकसेवा आयाेगका सबै काम राेकिने अवस्थामा रहेकाे बताएका छन् ।

लाेकसेवा आयाेगका पदाधिकारीहरू अध्यक्ष उमेश मैनाली सदस्यहरू विन्द्रा हाडा भट्टराई, अशोककुमार झा, बह्मदेव राय र कृष्णचन्द्र झाले २०७१ चैत ११ शपथ गरेका थिए ।जसकाे समयावधि चैत १० गते पूरा हुँदैछ । नयाँ पदाधिकारी नियुक्तिका लागि हालसम्म कुनै प्रकृया सुरू भएकाे छैन ।

संविधानको धारा २८४ को उपधारा (३) मा ‘संवैधानिक परिषदले प्रधानन्यायधीश वा कुनै पनि संवैधानिक निकायको प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै यस संविधान बमोजिम नियुक्तिको लागि सिफारिस गर्नुपर्नेछ’ भनिएको छ ।

पदाधिकारीविहिन भएपछि आयाेगका सबै काम राेकिने मैनालीले बताएका हुन् । उनले पदाधिकारीकाे काम कर्मचारीले गर्न नमिल्ने र पदाधिकारी नहुँदा केही काम नै नहुने बताएका हुन् । उनका अनुसार सरकारले समयमै पदाधिकारी नियुक्त नगरे कर्मचारी भर्ना आह्वान, बढुवा, लिखित परीक्षा, नतिजा प्रकाश, अन्तरर्वार्ता र नियुक्ति सफारिस लगायतका काम रोकिन्छन् ।’सेना र प्रहरीको नयाँ भर्ना विज्ञापन र परीक्षाको नतिजा प्रकाशन पनि रोकिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगमा नियुक्ति सिफारिसका लागि संवैधानिक परिषदको बैठक बोलाएका छैनन् ।आयोगमा नयाँ पदाधिकारी सिफारिस भएपछि संसदीय सुनुवाइ गरेर नियुक्ति हुन कम्तीमा एक महिना लाग्ने अध्यक्ष मैनालीको भनाइ छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send