http://bit.ly/bajajdurbartimes

हराएको लाइसेनको सिफारिस अब अनलाइनबाटै


हराएको लाइसेनको सिफारिस अब अनलाइनबाटै

काठमाडौं | महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनको हराएको लाइसेन्सको सिफारिस अनलाईनबाट नै दिने व्यवस्था गरेको छ । यससँगै हराएको लाइसेन्सको सिफारिस लिन ट्राफिक कार्यालयमा धाउनु पर्ने बाध्यता हटेको छ ।

अनलाइन सिफारिस गर्ने र झिक्ने प्रक्रिया

हराएको लाइसेन्सको प्रतिलिपि पाउनको लागि सर्वप्रथम ट्राफिक प्रहरीको वेबसाईटमा जानुपर्ने हुन्छ । वेबसाइटमा गएर अनलाइन एप्लिकेसनमा क्लिक गरेपछि लस्ट डकुमेन्ट एप्लिकेसनमा क्लिक गरि फर्म भर्नु पर्ने हुन्छ । जुन कागजात हराएको हो त्यहि अनुसार आफ्नो विवरण भर्नु पर्नेछ ।

लाईसेन्स हराएकाले लाइसेन्समा क्लिक गर्नु पर्ने हुन्छ । जसमा निवेदकको नाम फोन नम्बर, ठेगाना र आफ्नो परिचय खुल्ने नागरिकता वा लाइसेन्स वा पासपोर्टको फाईल वा स्क्यान कपि अनलाइन प्रणालीबाट भर्नु पर्ने हुन्छ । साथै हराएको कागजातको फोटो वा कुनै प्रमाण भए त्यो पनि त्यहाँ अपलोड गर्नुपर्ने हुन्छ । उल्लेख भएका सबै कुरा भरेपछि सबमिट गर्नु पर्ने हुन्छ । यसरी सबमिट गरेपछि एउटा एप्लिकेशन नम्बर प्राप्त हुन्छ । एप्लिकेसन नम्बर प्राप्त गरेको २४ घण्टापछि फेरि त्यहि साइटमा गएर चेक एप्लिकेसनमा क्लिक गरी अघिल्लो दिन पाएको एप्लिकेसन नम्बर, पुरा नाम थर र डकुमेन्ट्स नम्बर राख्नु पर्छ । त्यसपछि आफूले भरेको विवरण सिस्टममा भएको विवरणसँग म्याच भएमा सिस्टमले एउटा सिफारिस दिन्छ ।

यसरी प्राप्त भएको सिफारिस रिपोर्टको प्रिन्ट लिएर यातायात कार्यालयमा गई हराएको लाइसेन्स बनाउनका लागि आवेदन दिनु पर्छ । यातायात कार्यालयमा गएर ५ सय दस्तुर तिरेर निवेदन दिनु पर्ने हुन्छ । यसका साथै कार्यालयमा स्वास्थ्य परीक्षण पनि गराउनु पर्दछ ।

कागजी लाइसेन्स हराएको व्यक्तिले भने कार्यालयमा फोटो पनि खिचाउनु पर्ने हुन्छ । तर, स्मार्ट लाइसेन्स हराएका व्यक्तिले भने कार्यालयमा फोटो खिचाई रहनु पर्दैन । निवेदन दर्ता भएपछि कार्यालयबाट एउटा रसिद प्राप्त हुन्छ । आफ्नो लाइसेन्सको प्रतिलिपि प्राप्त नहुँदासम्म सोही रसिदका आधारमा सवारी चलाउन पाइन्छ । यो रसिद हाल स्मार्ट लाइसेन्स नआउँदासम्म प्रयोग गरिने रसिद जस्तै हो । आवेदन दिएको करिब २ देखि ३ महिना भित्रमा लाइसेन्सको प्रतिलिपि पाउन सकिने र सो समयसम्ममा रसिदले नै लाइसेन्सको काम गर्नेछ ।

यो पनि पढ्नुहोस्:

1

५० हजारभन्दा बढी शंकास्पद आवेदन, कहिले हाेला बाँडफाँड

2

नेकपाकाे अध्यक्ष बन्लान त वामदेव ?

3

पोर्न साइट हेर्ने २० लाख प्रयोगकर्ताको डेटा लिक

4

चितवन सवारी दुर्घटना, २ को मृत्यु

5

बढ्यो सुनको मूल्य,यतिमा कारोवार भइरहेको छ

6

मेस्सीको आलोचना गर्दै यसो भन्छन् अर्जेन्टिनाका पूर्व गोलरक्षक


Share Tweet Send