लुईस सुआरेजलाई बेच्न बार्सिलोेना सहमत


लुईस सुआरेजलाई बेच्न बार्सिलोेना सहमत

एजेन्सी । लुईस सुआरेजलाई एट्लेटिको मड्रिडमा बेच्न बार्सिलोेना सहमत बनेको छ ।

बार्सिलोनाले ला लिगा प्रतिद्धन्दी क्लब एट्लेटिको मड्रिडलाई आफ्ना फरवार्डलाई जान दिन सहमत बनेको हो ।

सुआरेज बार्सिलोनामा बस्न चाहदैन थिए । र क्याटलान क्लब समेत उनलाई निशुल्क अन्य क्लबमा जान दिन खुसी देखिएको छ । यद्धपी केही शीर्ष क्लबमा जान नपाउने शर्त बार्सिलोनाले राखेको थियो ।

पासपोर्टको कारण उनी युभेन्ट्समा जान पाएनन् । सोही कारण उनी एट्लेटिको मड्रिडमा जान आफ्नो तलब घटाउन समेत सहमत बनेका छन् ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले सुआरेजको सम्झौतालाई रोकेर राखेका थिए । उनी स्पेनिस प्रतिद्धन्दी क्लबमा उनलाई पठाउन चाहदैन थिए ।

तर सुआरेजका प्रतिनिधिसंग छलफल भएपछि क्याटलान क्लबमा प्रतिनिधि उरुग्वेका फरवार्डलाई रिलिज गर्न सहमत बनेका हुन् । सुआरेजले आफ्नो गुनासो मिडियामा पोख्ने धम्कि दिएपछि बार्सिलोना समेत उनलाई छोेड्न सहमत बनेको हो ।

एट्लेटिको मड्रिडले सुआरेजलाई सामान्य मुल्य तिर्नेछ । त्यो रकम कम्तिमा ४ मिलियन युरो भन्दा बढी हुनेछैन । सबै मुल्य च्याम्पियन्स लिगमा छनोटमा गरिने प्रर्दशनमा निर्भर रहनेछ ।

उनले बार्सिलोनामा रहने भन्दा झण्डै आधा रकम एट्लेटिकोमा आर्जन गर्नेछन् ।

उनी बार्सिलोनामा ६ बर्षको बसाईलाई बिट मार्दै क्लबबाट निस्कन लागेका हुन् । उनले बार्सिलोनामा रहदा २ सय ८३ खेलमा १ सय ९८ गोल गरेका थिए । उनले लियोनल मेस्सी र नेयमारपछि बार्सिलोनामा सर्वाधिक गोल गरेका छन् ।

उनी सन् २०१४ मा लिभरपुलबाट ७४ मिलियन पाउण्डमा ला लिगा क्लबमा जोडिएका थिए । उनले चार ला लिगा, चार कोपा डेल रे, च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि जिताउन योगदान गरेका थिए ।

योसंग समर ट्रान्सफरमा लामो समयदेखिको सुआरेजको सरुवाको चर्चाले बिट मारेको छ । उनीले टुरिन क्लबबाट आफ्नो करियर सक्ने देखिएको थियो । तर पासपोर्टको समस्याका कारण उनी तत्काल युभेन्ट्स जानबाट बञ्चित भए र स्पेनमा रहने निश्चित भएको छ


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...