http://bit.ly/bajajdurbartimes

लुइस स्वारेज कोराना मुक्त


लुइस स्वारेज कोराना मुक्त

स्पेनिस क्लब एथ्लेटिको मड्रिडका उरुग्वेली स्ट्राइकर लुइस स्वारेज कोरोना मुक्त भएका छन् । बिहीबार गरिएको परीक्षणमा उनको नतिजा नेगेटिभ आएको हो ।

कोरोना परीक्षण नेगेटिभ आएसँगै स्वारेज टिमको प्रशिक्षणमा फर्किने भएका छन् ।  ब्राजिल र कोलम्बियासँग खेल्नु अघि गरिएको पिसिआर परीक्षणमा स्वारेजको नतिजा पेजेटिभ आएको थियो ।

कोरोना पेजेटिभ देखिएपछि उनले यी दुवै खेलका साथै एथ्लेटिकोका केही महत्त्वपूर्ण खेल गुमाएका थिए ।

स्वारेजले ला–लिगा अन्तर्गतका बार्सिलोना र भ्यालेन्सिया तथा च्याम्पियन्स लिग अन्तर्गतका लोकोमोटिभ मस्को र बायर्न म्युनिख विरुद्धको खेल गुमाएका थिए ।

स्वारेज ला लिगा अन्तर्गत शनिबार हुने रियल भालाडोलिडसँगको खेलबाट मैदानमा फर्कन सक्ने क्लबले बताएको छ ।

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send