लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्।
बिहीबार बिहान अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको हो ।
उनीविरुद्ध नवलपरासीमा उखु किसानको उजुरी छ । उनलाई थप अनुसन्धानका लागि नवलपरासी पठाइएको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।
उखु किसानलाई उक्त चिनी मिलले १६/ १७ करोड तिर्न बाँकी छ।
यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो। उक्त निर्देशनपश्चात मनोज फरार थिए।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।