http://bit.ly/bajajdurbartimes

लुटिएकाे सुन माेबाइलमा परिणत भएपछि


लुटिएकाे सुन माेबाइलमा परिणत भएपछि

पुस १० गते काठमाडौंको नयाँ बसपार्कमा दोलखाका संयोग कार्की, सुवास तिमिल्सिनासहित ५ जनाको सुन ग्राहक बनेर आएका दीपक नेपालीको समूहले लुटेको सूचना प्रहरीलाई आयो ।

लगत्तै महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी नायब निरीक्षक (सई) नवराज इटनीले सुन लुटेको आरोप लागेका सुर्खेतका दीपक नेपालीलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त महाराजगञ्ज वृत्तपति डीएसपी रोशन खड्काको जिम्मा लगाए ।

सुन लुटेको प्रमाणित नभएको भन्दै डीएसपी खड्काले नेपालीलाई छाडिदिएपछि मात्र घटना बाहिरियो । घटना बाहिरिएपछि डीएसपी खड्का र सई इटनी विवादमा तानिए ।

पहिला ३० तोला सुन लुटिएको भनियो । तर पछि सुन नभएर मोबाइल लुटिएको भन्ने बयान लुटिएकामध्ये एकले दिएको भन्दै नेपालीलाई छाडियो ।

सुन लुटिएको भनिएका संयोग, सुवास लगायतले पनि त्यसको बिल देखाउन सकेनन् ।

अहिले नेपाली, कार्की र तिमिल्सिना फरार भएका छन् । घटना रहस्यमय बनेपछि प्रहरीले फेरि उनीहरूलाई खोजिरहेको छ ।

तस्करीको सुन भएकाले बिल देखाउन नसकेको र लुटिएको भन्दा आफू पनि फस्ने भएकाले यस प्रकरणलाई यत्तिकै झ्यासमिस बनाउने गरी अभियुक्तहरूले बयान दिएको हुनसक्ने आशंका गरिएको छ ।

यस प्रकरणमा प्रहरीको भूमिका पनि शंकास्पद् देखिएपछि अनुसन्धानको दायरामा ल्याइएको छ ।

‘अहिले लुटिकाहरूमध्येकै कुरा बाझिएको छ । सईको आचरणमा समेत प्रश्न उठेपछि अनुसन्धानको दायरामा ल्याएका छौं,’ आयुक्त पालले भने, ‘त्यसको अनुसन्धानका लागि समिति गठन भएको छ, त्यसले सत्यतथ्य बाहिर ल्याउला ।’

महानगरीय प्रहरी कार्यलयले सोमवार (पुस २७) प्रहरी उपरीक्षक (एसपी) भोलाराज रावलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।

1

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

2

ओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

3

उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन

4

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

5

चौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली

6

निरन्तर उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा


Share Tweet Send