durbar-times

माइक्राेबस र माेटरसाइकल ठाेक्किँदा दुइकाे मृत्यु


माइक्राेबस र माेटरसाइकल ठाेक्किँदा दुइकाे मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत माेरङ्गकाे सुन्दरहरैँचा नगरपालिका ८ र ७ को सिमानामा माइक्राेबस र माेटरसाइकल एक आपसमा ठाेक्किँदा दुइजनाकाे मृत्यु भएकाे छ ।

काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस र विपरीत दिशा (पूर्वबाट पश्चिमतर्फ) बाट आउँदै गरेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

मृत्यु हुनेहरुमा मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवाल रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा ज्यान गएको हो ।

दुर्घटनापछि मोटरसाइकलमा आगो लागेको थियो । आगोले जलेर मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send