माल भनेकाे ड्रग्स हाेइन सिगरेट हाे : दीपिका पादुकाेण


माल भनेकाे ड्रग्स हाेइन सिगरेट हाे : दीपिका पादुकाेण

अभिनेता सुशान्त सिंह राजपुतकाे निधनपछि वलिउडमा एक प्रकारकाे सुनामी आएकाे छ। त्याे हाे ड्रग्स प्रकरण । सुशान्तकाे मृत्युकाे कारण खाेज्दै जाँदा यतिबेला वलिउडका थुप्रै सेलिब्रेटिहरूकाे अर्काे अनुहार पर्दा बाहिर आउँदै गरेकाे देखिएकाे छ।

ड्रग्स प्रकरणमा अनुसन्धान गर्ने क्रममा वलिउड अभिनेत्रीहरूकाे नाम सामेल भएपछि त्यसकाे अनुसन्धान गर्दै आएकाे नार्कोटिक्स विभागले नयाँ नयाँ तथ्यहरू बाहिर ल्याइरहेकाे छ।

हालै मात्र वलिउड अभिनेत्रीहरूकाे च्याट हिस्ट्री लिक भएपछि लगातार उनीहरूकाे बयान लिइरहेकाे छ। साे क्रममा अभिनेत्री दीपिका पादुकाेणले आफ्नाे च्याट स्वीकार गरिन् तर च्याटमा प्रयाेग भएका शब्दहरूकाे अर्थ गलत लगाएकाे भन्दै नार्काेटिक्समा चित्त दुखाएकी छिन् । उनले च्याटमा प्रयाेग भएकाे माल शब्द आफूले ड्रग्सकाे लागि प्रयाेग नगरेर सिगरेटकाे लागि मात्र प्रयाेग गरेकाे बयान दिएकी छिन् ।

केही दिन पहिले भने अभिनेत्री पादुकाेण नार्काेटिक्सकाे बयानका क्रममा बारम्बार राेएर अनुसन्धानलाई नै प्रभावित पार्न लागेकाे भन्दै समाचारहरू बाहिर आएका थिए ।

च्याट सार्वजनिक भएपछि सारा अलि खान, श्रद्धा कपूर र रकूल प्रितसमेत ड्रग्स केसमा तानिएका छन्। उनीहरुमाथि पनि नार्कोटिक्स विभागले अनुसन्धान गरिरहेको छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...