माउण्टेन इनर्जी नेपालको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले मंगलबार कुल १ करोड ९६ लाख ८० हजार २७० कित्ता सेयर सूचीकृत गराएको छ । जसमा कम्पनीले कात्तिक २६ देखि मंसिर ३ गतेसम्म बिक्री गरेको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ पनि समावेश गरिएको छ ।
अब माउण्टेनको सेयर कारोबार बुधबारबाट खुला हुनेछ । यसको पहिलो कारोबारका लागि नेप्सेले ११४ रुपैयाँ ८१ पैसादेखि ३४४ रुपैयाँ ३३ पैसा ओपनिङ रेन्ज दिएको छ । माउण्टेनको सेयर कारोबार ‘एमइएन’ संकेतबाट हुनेछ ।
माउण्टेन इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत ,कति छ ओपनिङ रेन्ज ?
