काठमाडौं : आमहड्तालको रिपोर्टिङका लागि पुगेका माउण्टेनकर्मीमाथि आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका कार्यकर्ताहरुले हातपात गरेका छन्।
बिहीबार बिहान ललितपुरस्थित सातदोबाटोमा रिर्पोटिङका लागि पुगेका दिवाकर साहमाथि नेता तथा कार्यकर्ताहरुले हातपात गरेका हुन्। घटनाप्रति माउण्टेन टेलिभिजनले घोर भत्सर्ना गरेको छ।
उनलाई आन्दोलनकारीले केपी ओली पक्षको, चौतारीको भन्दै लखेटेका छन्।
प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधिन भएको अवस्थामा सरकारले संवैधानिक नियुक्ति र जिम्मेवारी दिएपछि प्रचण्ड-नेपाल समूहले सरकारको विरोधमा बिहीबार आम हड्ताल घोषणा गरेको हो ।