Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

माउन्ट केटुमा निर्मलसहित १० नेपालीकाे नयाँ रेकर्ड कायम


माउन्ट केटुमा निर्मलसहित १० नेपालीकाे नयाँ रेकर्ड कायम

विश्वको दोस्रो अग्लो हिमाल केटुलाई हिउँद याममा आरोहण गरेर नेपालका १० जना पर्वतारोहीले इतिहास रचेका छन् । पाकिस्तानमा अवस्थित माउन्ट केटुमा चिसो मौसममा कसैले पनि चढ्न सकेको थिएन । तर, शनिबार यो इतिहास नेपाली पर्वतारोहीको नाममा रचियो ।

यसरी केटु आरोहण गर्नेहरुमा निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा जी, सोना शेर्पा, मिङ्मा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा छन् । चुचुरोको सय मिटर तल भेला भएर सबैजनाले एकैपटक चुचुरोमा पाइला टेकेका थिए । तीन विभिन्न एक्सिपिडिसन टीमबाट चढेपनि उनीहरुले नेपालबाट संयुक्तरुपमा आरोहण गरेको जनाएका छन् ।

‘हामीले नेपाल र नेपाली आरोही समुदायलाई गर्विलो तुल्याएका छौं’ चुचुरोमा पुगिसकेपछि मिङ्मा ग्याल्जी शेर्पाले सामाजिक संजालमा लेखे । यसैगरि निम पूर्जाले पनि सामूहिक मिहेनतका कारण प्रयास सफल भएको लेखेका छन् । चुचुरोमा पुगेपछि सबैले एकैसाथ नेपाली राष्ट्रिय गीत गाएको समेत उनले जनाएका छन् । ‘यतिबेला देशप्रेम महसुस भयो’ पुर्जाले उल्लेख गरेका छन् ।

पर्वतारोहीका अनुसार केटु चढ्नु सगरमाथा आरोहणभन्दा कठिन कुरा हो किनभने केटु पर्वतको संरचना नै जटिल खालको छ । पूर्जाका अनुसार आफूहरु चुचुरोमा पुग्दा त्यहाँको तापक्रम माइनस ४० डिग्री सेल्सियस रहेको र २०० किमी प्रतिघन्टाले हावा चलेको थियो ।

1

‘कबड्डी’को फाइनल म्याच अर्को वर्ष हुने

2

नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

3

पुरानै अवस्थाः मेराेशेयर बाध्यात्मक समस्या

4

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

5

महिला लघुवित्तको आईपीओ हेर्न मिल्ने ३ वटै सर्भरमा समस्या,समस्या हुनुको कारण यस्तो

6

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र दिइसक्ने योजना


Share Tweet Send