durbar-times

धरहरा हेरेर ओलीको दम्भ: खाए खा, नखाए घिच भन्ने शैली देखाउनुभो: नेपाल


धरहरा हेरेर ओलीको दम्भ: खाए खा, नखाए घिच भन्ने शैली देखाउनुभो: नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले धरहराभन्दा अग्लो दम्भ देखाएको बताएका छन् । उनले ओली पार्टी एकताको पक्षमा नरहेको पनि दाबी गरेका छन् ।

जनकपुरमा शुक्रबार बिहान एमाले पार्टी कार्यालयमा भएको पत्रकारसम्मेलनमा नेपालेले सो बताएका हुन् ।

नेपालले भने,‘उहाँको दम्भ धरहरा भन्दा अग्लो छ। धरहरा हेरेर दम्भ देखाइरहनु भएको थियो। उहाँ ‘खाए खा, नखाए घिच’ भन्ने शैलीमा देखिनु भयो’। उनले पार्टीभित्र देखिएको विवाद समाधान गर्न आफूले आग्रह गरे पनि पार्टी अध्यक्षले पार्टी एकता सुन्नै नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको बताए ।

ओलीले आफूलाई सर्वज्ञानी ठान्ने गरेका कारण सबैतिर त्राहिमामको अवस्था उत्पन्न भई पाटीको गतिविधि कागजमा सीमित हुन पुगेको प्रसङ्ग पनि नेपालले उल्लेख गरेका थिए ।

प्रधानमन्त्री ओलीले वैशाख १० गते (शनिबार) धरहराको उद्घाटन गर्दैछन्।

यो पनि पढ्नुहोस्:

हिमालसँगै हाँसिरहेकाे धरहरा(फाेटाे फिचर)

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send