नेकपा एमालेको माधव नेपाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा गरेको छ ।
देशभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको दुई दिने भेला गरेको यो समूहले सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने बताएको हो ।
त्यस्तै केपी ओली समूहले ७ गते आह्वान गरेकाे बैठक पनि माधव नेपाल पक्षले बहिष्कार गर्ने भएकाे छ । बिहीबार राष्ट्रिय कार्यकर्ता भेलाका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले चैत सात गतेको बैठक बस्नै सम्भव नरहेको भन्दै आफुहरु नजाने प्रस्ट पारेका हुन् ।
नेता भट्टराईले पार्टी विधान अनुसार मात्रै संसदीय बोर्ड गठन गर्नुपर्ने भएपनि ओलीले उक्त बोर्ड हुकुमी शैलीमा गठन गरेको बताए ।