नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले फागुन २८ गतेको बैठक वैधानिक नभएको र त्यसलाई शून्य अवस्थामा राख्नुपर्ने बताए पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहमत नभएको बताएका छन् ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा दुवै समूहबीच करिब २ घन्टा छलफल भएको थियो ।
'हामी एउटै हौं', उनले भने, 'पूर्व एमाले जुन स्थानमा थियो संरचनाको हिसाबले पदाधिकारी, सदस्यहरुको हिसाबले फर्कौं । २८ गतेको बैठक वैधानिक छैन । त्यसलाई शून्य अवस्थामा पुर्याइदिऔं,उनले भने,' सिंगो स्थितिको बारेमा बसेर छलफल गरौं भन्दा त्यो स्वीकार्य भएन।'
उनले २८ गतेको निर्णय स्थगत आफूहरूको ‘बटमलाइन’ भएको बताए । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले २८ गते प्रदेश इन्चार्जको जिम्मेवारीमा हेरफेर गर्दै आफूपक्षीय नेतालाई जिम्मेवारी दिएका थिए ।