durbar-times

मादी गाँउपालिकामा राजमार्गको काम सुरु


मादी गाँउपालिकामा राजमार्गको काम सुरु

कास्कीकाे मादी गाउँपालिकामा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको पुष्पलाल (मध्यपहाडी ) राजमार्गको काम सुरु भएको छ । कूल १६ किलोमिटर दुरी रहने लोकमार्ग अन्तर्गत विभिन्न ठाँउमा काम तिव्ररुपले अगाडि बढेको आयोजना प्रमुख मेघराज मर्सानीले जानकारी दिए ।

मादी गाँउपालिकाका विभिन्न स्थानमा डोजरको प्रयोग गरेर रुदी दोभानमा काम थालिएको हो । सो लोकमार्गको कास्की, बाग्लुङ्ग र पर्वतको कूल २ सय ४५ किलो मिटर मध्ये ८० प्रतिशत कार्य सम्पन्न भैसकेको र उक्त खण्डका विभिन्न १२ ठाँउमा काम भैरहेको पि मेघराज मर्सीनीले बताए ।

मध्य पहाडी राजमार्ग खण्डको काम सुरु भए पछि मादी र आसपासका स्थानीयहरु निकै खुशी भएको समन्वय समिति कास्कीका सदस्य बृहस्पति सापकोटाले जानकारी दिए ।

(  रा.स.स.  )

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send