काठमाण्डौ | प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन शुरु भएको छ । प्रत्येक प्रदेशबाट नेता तथा कार्यकर्ता काठमाडौं उतारेका छन् ।
बिहान ११ बजे हुनुपर्ने कार्यक्रम शुरु हुन केहि ढिला भएको हो। माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निकालिएको छ ।
जुलुुस रत्नपार्क बढ्नेछ ।
कहाँको जुलुसको नेतृत्व कसले ?
- माइतीघरको जुलुश
नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरु
- डिल्लीबजार चारखालको जुलुस
वर्षमान पुन र वेदुराम भुसाल
- लैनचौरको जुलुस
भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरु
- कुपण्डोलको जुलुस
देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे
- त्रिपुरेश्वरबाट निस्कने जुलुस
कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु
- प्रदर्शनी मार्गको जुलुस
घनश्याम भुसाल र जनार्दन शर्मा
- शान्तिवाटीकाबाट सुरु हुने मजदुरको जुलुस
नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई रहने छन् ।
- त्रिचन्द्र कलेज अगाडिबाट निस्किने जुलुस
देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले
- वाल्मिकी क्याम्पसको जुलुस
अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ
विभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ ।
त्यो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।