durbar-times

महामारीमा पनि साम्य नभएकाे नेपालकाे विकृत राजनीति


महामारीमा पनि साम्य नभएकाे नेपालकाे विकृत राजनीति

काेराेना भाइरसकाे दाेस्राे लहरले यतिबेला देश त्रसित बनिरहेकाे छ । दैनिक पाँच हजार भन्दा बढी संक्रमित भेटिइरहेका छन् । बिरामीहरू अस्पतालमा शैय्या नपाएर बाहिरबाहिरहै उपचार गराइरहेका छन् । स्वास्थ्यकर्मीहरू ज्यान जाेखिममा राखेर ४८ घण्टादेखि ७२ घण्टासम्म खटिइरहेका छन् । स्वास्थ्य मन्त्रालयले अस्पतालमा बिरामीहरूलाई शैय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेकाे बताएकाे छ ।

देशभरका २९ जिल्लामा यतिबेला निषेधाज्ञा जारी गरिएकाे छ । अझै याे संख्या थपिने संभावना प्रबल छ । याे भयावह अवस्था केबल सर्वसाधारणका लागि मात्र हैन समग्र नेपालीहरूकै लागि त्रासदीकाे समय हाे । तर नेपालमा अहिले दुइथरी महामारी लागेकाे छ । एक काेराेनाकाे र अर्काे सत्ताकाे महामारी ।

केही दिन अघिमात्र गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ्ग विरूद्धकाे अविश्वासकाे प्रस्तावमा मतदान सुरू हुनै लाग्दा एकाएक विकृत राजनीतिकाे पराकाष्ठा देखा पर्याे । राष्ट्रिय जनमाेर्चा पार्टीका सांसद खिमविक्रम शाही एकाएक हराएकाे भन्दै परेकाे निवेदनकाे सुनुवाइ गर्दै प्रदेश सभा बैठक नै स्थगित गरियाे । पछि उनी पाेखराकै एक अस्पतालमा आइसियुमा भेटिए । जबकी  उनकाे काेराेना परीक्षण नेगेटिभ देखिएकाे थियाे ।

त्यस्तै आज अर्थात बैशाख १८ गते लुम्बनी प्रदेशका मुख्यमन्त्रीले अविश्वासकाे प्रस्ताव टार्नकै लागि मुख्यमन्त्री पदबाट राजिनामा दिएर एकल बहुमतकाे सरकार बनाउने निर्णय गराए । उनीमाथि अविश्वासकाे प्रस्तावमा एमाले भित्रैबाट फ्लाेर क्रस हुने संभावना देखिएपछि उनले याे उपाय लगाएका हुन् ।

जनताहरू महामारीसँग जुध्न हरसम्भव प्रयास गरिरहेका छन् । गरिब , किसान, मजदुरहरू एकछाक खाएर भएपनि सरकारी निर्णयकाे पालना गरिरहेका छन् । तर जनताकै मतबाट सरकारमा पुगेकाहरू भने सत्ताकाे महामारीबाट पन्छिन सकेका छैनन् । सत्ता जाेगाउनका लागि जे पनि गर्न तयार हुने यस्ताे विकृत राजनीतिले नेपालकाे संघीयता नै धरापमा पर्दै गैरहेकाे छ । सत्ता र शक्तिकाे राजमा जनताकाे रगत र पसिना चुसेर मात्तिने यस्ताे संघीयता नेपाली जनताहरूले कहिल्यै कल्पना गरेका थिए हाेलान् त ? पक्कै साेच्न ढिला हुने बेला आइसकेकाे छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send