आज मंगलबार शेयर बजार खुलेकाे केही समयमा नै महिला लघुवित्तकाे काराेबार भएकाे छ ।
महिला लघुवित्तकाे २० कित्ता शेयर काराेबार भएकाे नेप्सेकाे फ्लाेरसिटमा देख्न सकिन्छ ।
याेसँगै महिला लघुवित्तकाे शेयर मूल्य १८ अंकले बढ्दै ४८१ पुगेकाे छ ।
हिजाे कुनै काराेबार नहुँदा याे कम्पनीकाे मूल्य ओरालाे लागेकाे थियाे ।
अझैपनि नेप्सेकाे हाइ डिमाण्ड लिस्टमा महिला लघुवित्तकाे शेयर नै रहेकाे छ । २० कित्ता काराेबार भएपनि त्यसपछि बेच्न चाहने लगानीकर्ता एकजना पनि देखिएका छैनन् ।