durbar-times

महिला लघुवित्तको आइपीओ आज पनि भर्न पाइने, १ दिन समय थप्नुको कारण यस्तो


महिला लघुवित्तको आइपीओ आज पनि भर्न पाइने, १ दिन समय थप्नुको कारण यस्तो

काठमाडौं | महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज बुधबार (फागुन ५ गते) अन्तिम दिन हो ।

यसअघि फागुन ४ गते मंगलबार आवेदन दिने अन्तिम दिन भनिए पनि माघ ३० गते सोनाम लोसारका अवसरमा सार्वजनिक विदा परेपछि सेयर भर्ने समय १ दिन लम्ब्याइएको हो । यस आइपीओमा मंगलबार साँझ ५ बजेसम्म २ अर्ब २४ करोड ८२ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ ।

मंगलबार साँझ ५ बजेसम्ममा १४ लाख ४४ हजार ५८८ जनाले २ करोड २४ लाख ८२ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ५९.९५ गुणा बढी आवेदन हो ।  

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send