durbar-times

महिला लघुवित्तमा ६२.४९ गुणा बढी आवेदन, कतिले भरे ?


महिला लघुवित्तमा ६२.४९ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं | महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा १५ लाख १९ हजार १२८ जना लगानीकर्ताले आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बुधबार साँझ ४ः४५ बजेसम्म २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन परेको छ । कुल २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।  यो सर्वसाधारका लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ६२.४९ गुणा बढी आवेदन हो । महिला लघुवित्तले आइपीओ भर्ने म्याद १ दिन थप गरी आज बुधबार (फागुन ५ गते) सम्म पुर्याएको हो ।

यसअघि माघ ३० गतेबाट फागुन ४ गतेसम्म म्याद तोकी कुल ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको थियो । तर माघ ३० गते सोनाम लोसारका अवसरमा सार्वजनिक विदा परेपछि १ दिन थप गरिएको हो ।

कुल खुला गरिएको मध्ये ०.५% (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५% (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

1

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

2

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

3

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

4

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

5

कांग्रेस संसदीय दलको बैठक बस्दै

6

एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने


Share Tweet Send