Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

महिला लघुवित्तको आईपीओ भोलिदेखि विक्रीमा, यति कित्ता सर्वसाधारणमा लागि


महिला लघुवित्तको आईपीओ भोलिदेखि विक्रीमा, यति कित्ता सर्वसाधारणमा लागि

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रवारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ ।

यसअघि माघ २८ गतेदेखि विक्री खुला गर्ने मिति सार्वजनिक गरेको कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशन बमोजिम मिति परिवर्तन गरेको हो । सिडिएससीले प्राविधिक समस्या हुने भन्दै आईपीओ विक्री खुला गर्नको लागि उपयुक्त दिन शुक्रवार तोकेको छ ।

धितोपत्र दोस्रो बजारको कारोबार राफसाफका लागि पनि मेरो शेयर सफ्टवेयर मार्फतनै ईडीआईएस गर्नुपर्ने भएकाले शुक्रवार र शनिवारको समयमा आईपीओ भर्न समस्या नहुने भन्दै सिडिएससीले शुक्रवारदेखि आईपीओ खुला गर्न कम्पनीलाई भनेको हो ।

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको २० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखी बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आईपीओ विक्री मिति छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १४ गतेसम्मका लागि तोकिएको छ । आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । उक्त कम्पनीको आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी इस्यूर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।

1

कांग्रेसलाई पदको लोभ छैन तर प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हटिन्न: देउवा

2

३९ अंकले ओरालो लाग्यो नेप्से, सर्वाधिक कारोबार गर्दै नेपाल टेलिकम उच्च स्थानमा

3

नेप्सेमा प्रभु बैंकको बोनस शेयर सूचीकृत,यस्ता शेयरधनीले मात्र पाउछन्?

4

सिनामंगलस्थित नेपाल म्यानपावरमा विभागको छापा

5

बाेनश घाेषणापछि टेलिकमकाे मूल्य घट्याे

6

नेम्वाङसहित पाँच जनालाई प्रचण्ड-नेपाल पक्षद्वारा पार्टीबाट निष्काशन


Share Tweet Send