AMK

आजकाे मुख्य खबर | २०७७-०६-१५ | Head News | Durbar Times


"दरबार टाईम्स - आजको मुख्य खबर" श्रृंखलामा आज  २०७७-०६-१५ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति - समसामयिक
  • अन्तराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

२४ घण्टामा १९ सय ११ जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १९ सय ११  जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ११ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

राजनीति - समसामयिक

बली दिन भारततर्फ लैजाँदै गरेको दुई किशोरीको सिमामा उद्धार

सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका  किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

लाेकसेवाकाे नक्कली परीक्षा सञ्चालन गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले लाेकसेवा आयाेगकाे नक्कली परीक्षा लिने एकजनालाई पक्राउ गरेकाे छ ।बारा जिल्ला जितपुर सिमरा , १९ का अजयकुमार रायलाई प्रहरीले बुधबार पर्साकाे विरगञ्जमा अनुसन्धान विभागको इन्सपेक्टर, असई, र खरिदारको परीक्षा लिइरहेकाे बेला पक्राउ गरेकाे हाे ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

वैरागी बने सरकारको मुख्य सचिव, खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत सिफारिस

नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ ।त्यस्तै लाेकदर्शन रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ । राजदूतहरुको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट हुने कानुनी व्यवस्था छ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

अपराध महाशाखाको छापा : ठूलो परिमाणमा म्याद सकिएको स्नेकर, ट्याङ र ओरियो बिस्कुट बरामद

महानगरीय अपराध महाशाखाले कलंकीस्थित लिंक मार्ग सुनारगाउबाट ठूलो परिमाणमा म्याद सकिएको स्नेकर, प्रिङ्गर्स, ट्याङ र ओरियो बिस्कुट बरामद गरेको छ ।आईएन डिस्ट्रिव्यूर्टसबाट म्याद सकिएको सामग्रीलाई स्टिकर टाँस गर्दै म्याद मेटाएर बजार पठाउने सामग्रीलाई बरामद गरिएको महाशाखाका एसएसपी दीपक थापाले बताए ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

जेष्ठ नागरिक भत्ता पाँच हजार पुर्‍याउँछु  : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन्।अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

अन्तराष्ट्रिय

मलाई विष दिनुमा पुटिनको हात छ : नाभाल्नी

रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीले आफूलाई विष दिइनुमा राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको बताएका छन् । एक जर्मन म्यागेजिनसँगको कुराकानीमा उनले गत अगष्ट महिनाको अन्तिममा उनलाई दिइएको विषबारे बाल्दै यस्तो बताएका छन् । उनले यो घटनाबाट पनि आफू विचलित भने नभएको बताएका छन्

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

खेलकुद

पञ्जाव र मुम्बई इण्डियन्स भिड्दै, सम्भाबित टीम

आईपीएलमा आज १३ औँ म्याचमा किंग्स इलेभन पञ्जाव र मुम्बई इण्डियन्सबीच  आज प्रतिस्पर्द्धा हुँदैछ ।खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा सुरु हुनेछ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...