AMK

आजकाे मुख्य खबर | २०७७-०६-१६ | Head News | Durbar Times


"दरबार टाईम्स - आजको मुख्य खबर" श्रृंखलामा आज  २०७७-०६-१५ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति - समसामयिक
  • अन्तराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

२४ घण्टामा २ हजार ७ सय २२ जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय २२  जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने  ११ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

राजनीति - समसामयिक

एकीकृत बस्ती निर्माण गर्दै वाग्मती प्रदेश

वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न स्थानमा एकीकृत बस्ती निर्माण प्रक्रिया अगाडि बढाएको छ ।भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशको पाँच जिल्लाको आठ स्थानमा चालु आर्थिक वर्षदेखि एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत् वस्ती निर्माण प्रक्रिया सुरु गर्ने भएको हो ।प्रदेश सरकारले यसका लागि ८ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले जनता आवासबाहेक एकीकृत बस्ती निर्माणका लागि चालु आर्थिक वर्ष २०७७/०७८ मा ८ करोड ७० लाख विनियोजन गरेको हो ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

तत्काल लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तत्काल लकडाउन नहुने स्पष्ट पारेका छन्।आज नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिहरूसँग कुरा गर्दै मन्त्री ढकालले हल्लाको पछि नलाग्न भनेका छन्।उद्योग–व्यवसाय विस्तारै खुल्न लागेको अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको निजी क्षेत्रका प्रतिनिधिहरुले बताएका थिए। स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न आफूहरु तयार रहेको भन्दै उनीहरुले फेरि लकडाउन नगर्न स्वास्थ्यमन्त्रीलाई आग्रह गरेका थिए।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

रत्नपार्क क्षेत्रमा राष्ट्रिय झन्डासहित ‘गणतन्त्र मुर्दावाद’को नारा, प्रहरीको हस्तक्षेप

राजधानीको रत्नपार्क क्षेत्रमा शुक्रबार एक समूहले गणतन्त्र मुर्दावादको नारा लगाएको छ।राष्ट्रिय झन्डा बोकेका युवाहरुको समूहले भोटाहिटी क्षेत्रमा पुगेर नाराबाजी गरेको थियो। राजसंस्थाको माग गर्दै उनीहरुले गणतन्त्र मुर्दावादको नारा लगाएका थिए।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

अन्तराष्ट्रिय

राहुल र प्रियंकासहित झण्डै दुई सय जना विरुद्ध मुद्दा

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झण्डै दुई सय जना विरुद्ध मुद्दा लगाइएको छ ।भारतीय दण्ड संहिता उलंघन गरेको आरोप लगाउँदै उनिहरुका विरुद्धमा मुद्दा दायर गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरु दुई सय जनाले दण्ड संहिताको धारा १८८, २६९ र २७० को उलंघन गरेको दावी गरेको छ

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

डोनाल्ड ट्रम्प र उनकी पत्नीलाई कोरोना पुस्टि

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्थानीय समय अनुसार बिहीवार राति उनमा संक्रमण पुष्टि भएको हो।ट्रम्पले आफु र आफ्नी पत्नी मलेनियालाई पनि संक्रमण भएको ट्वीटमार्फत जानकारी दिएका थिए। सुरुवातामा चीनियाँ भाइरसको संज्ञा दिएका ट्रम्पले मास्क लगाउन अस्वीकार गरेपनि पछिल्ला दिनमा भने लगाउन राजी भएका थिए। हाल ट्रम्प दम्पती क्वारेन्टाइनमा छन्।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

खेलकुद

दोस्रो जित निकाल्ने योजनामा चेन्‍नई र सनराइजर्स हैदरावाद, सम्भाबित टीम

यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटअन्तर्गत आज (शुक्रबार) चेन्‍नई सुपर किङ्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दै छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ७:४५ मा सुरु हुनेछ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा आमने सामने

युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ ।यूईएफएले बिहीबार नयाँ सिजनको लागि समूह चरणको ड्र सार्वजनिक गरेको हो । यूईएफएले निकालेको ड्र अनुसार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको टिम समूह चरणमै खेल्ने भएका छन् ।मेस्सीको टिम बार्सिलोना र रोनाल्डोको टिम युभेन्ट्स एकै समूहमा परेका छन् । समूह 'जी' मा बार्सिलोना र युभेन्ट्ससँगै डाइनामो किभ र फेरेन्सभारेस रहेका छन् ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

रोबर्ट लेवान्डोस्कीलाई ‘यूईएफए प्लेयर अफ दि इयर’

जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् ।सन् २०१९/२० को सिजन उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका हुन् ।लेवान्डोस्कीले 'फरवार्ड अफ दि सिजन' अवार्ड समेत जिते ।बायर्नकै जोसुवा किमिचले डिफेन्डर अफ दि इयर अवार्ड जित्दा गोलकिपर अफ दि इयर अवार्ड बायर्नकै म्यानुएल नुएरले जिते ।मिडफिल्डर अफ दि इयर अवार्ड भने म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएनले हात पारे ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...