AMK

आजकाे मुख्य खबर | २०७७-०६-२० | Head News | Durbar Times


"दरबार टाईम्स - आजको मुख्य खबर" श्रृंखलामा आज  २०७७-०६-२० गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति - समसामयिक
  • अन्तराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

२४ घण्टामा १५५१  जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १५५१  जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ९  जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

राजनीतिक , समसामयिक

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित

प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ। प्रदेश नम्बर ५ को राजधानी बुटवल कि दाङ भन्नेमा विषयमा तिब्र विवाद रहँदै आएकोमा मंगलबारको भोटिङबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यका हुने टुंगो लागेको छ भने प्रदेशको नाम  लुम्बिनी पारित भएको छ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

बुटवललाई राजधानी नबनाएको भन्दै २२ सय बढी नेकपा कार्यकर्ताले दिए राजीनामा

प्रदेश नं ५ को राजधानी बुटवललाई नबनाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २२ सयभन्दा बढी कार्यकर्ताले राजीनामा दिएको बताएका छन् ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

४ वर्ष अगाडी देखी हराएको मुर्तिसहित ३ पक्राऊ

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त अनुसन्धान टोलीले दुई थान मूर्तिसहित तीन जनालाई सोमबार पक्राउ गरेको छ । जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक  चन्दननाथ मन्दिरबाट विसं. २०७३ मंसीर ११ गते राती चोरी  भएका मूर्तीसहित उनीहरुलाई पक्राऊ गरीएको हो  ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

अन्तराष्ट्रिय

हङकङले दुई साताका लागि रोक्यो नेपाल एयरलाइन्सको उडान

नेपाल एयरलाइन्स चढेर हङकङ पुगेका ६ जना यात्रुमा कोरोना भाइरसको पुष्टि भएपछि हङकङले नेपाल एयरलाइन्सलाई कारवाही गरेको छ । योसंगै नेपाल एयरलाइन्सको उडान अनुमति दुई साताका लागि रद्द भ्एको छ

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

राष्ट्रपति ट्रम्प : "कारोनाबाट डराउनु पर्दैन"

कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएपछि सामाजिक सञ्जाल ट्वीटरमा  “मिथ्या समाचारले मिथ्या चुनावी सर्वेक्षण मात्र देखाइरहेका छन् भन्दै  कारोनाबाट डराउनु पर्ने आवश्यकता नरहेको बताएका छन्  ।उनले यसअघि पनि कोरोनालाई सामान्य रुपमा लिन आह्वान गर्दै आएका थिए ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

खेलकुद

आईपीएलमा आज मुम्बइ इण्डियन्स र राजस्थान रोयल्स भिड्दै

आईपीएल टि २० अन्तर्गत आज मुम्बइ इण्डियन्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल नेपाली समय अनुसार ७:४५ मा सुरु भएको छ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

आईपीएलका एक खेलाडीमाथि छानबिन सुरू

इन्डियन प्रिमियर लिग (आईपीएल) का पदाधिकारीले यसपल्टको प्रतियोगितामा सहभागी एक खेलाडीमाथि छानबिन सुरु गर्ने भएका   छन् । संकास्पद गतिबिधीमा संलग्न भएको आशंकामा छानबिन गर्न लागिएकाे भारतीय क्रिकेट बोर्डको भ्रष्टाचारविरोधी एकाइका प्रमुख अजित सिंहले बताए ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...