AMK

आजकाे मुख्य खबर | २०७७-०६-२२ | Head News | Durbar Times


"दरबार टाईम्स - आजको मुख्य खबर" श्रृंखलामा आज  २०७७-०६-२२ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति - समसामयिक
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

२४ घण्टामा  जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा आज सम्मकै सबै भन्दा धेरै  देशभर ४,३६४  जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १२  जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

राजनीतिक , समसामयिक

भेरी अस्पतालका १५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालगञ्जस्थितभेरी अस्पतालका १५ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले बिहीबार विशेष अदालतमा १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ हिनामिना भएको दाबी गर्दै मुद्दा दायर गरेको हो।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

विश्व दृष्टि दिवसको अवसरमा ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता

विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

चन्दननाथको बहुमूल्य दाहिने शङ्ख चार वर्षपछि फेला

हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख भेटिएको छ । विसं २०७३ मङ्सिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो । तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

अर्थ

नेपालको आर्थिक वृद्धिदर शुन्य दशमलव ६ प्रतिशतमा खुम्चने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर शुन्य दशमलव ६ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको छ ।आज सार्वजनिक गरिएको विश्व बैंकको अर्धवार्षिक अपडेटका अनुसार सन् २०२० मा शुन्य दशमलव २ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि २०२१ मा शुन्य दशमलव छ प्रतिशत पुग्ने अनुमान गरिएको छ । कोरोनाको विनाशकारी असर जारी रहेका कारण दक्षिण एशिया यस वर्ष हालसम्मकै खतरनाक मन्दीमा डुबेको छ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

अन्तराष्ट्रिय

१६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री पद

फिनल्याण्डमा एक १६ वर्षीया किशोरीले एक दिनका लागि प्रधानमन्त्री पद सम्हालेकी छिन् । उनलाई त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी हुन् ।बुधबार एक दिनका लागि आभा मुर्तो नामकी १६ वर्षीया किशोरीले प्रधानमन्त्री पद सम्हाले पनि उनलाई कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने अधिकार भने थिएन ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

क्यानडामा प्लास्टिक प्रयोगमा प्रतिबन्ध!

क्यानडामा प्लास्टिक प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ।आगामी वर्षको अन्तिमदेखि क्यानडामा प्लास्टिक प्रयोगमा प्रतिबन्ध लाग्ने सीएनएनले जनाएको छ।कुनैपनि प्रकारको प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लाग्ने भएको हो।सन् २०३० भित्र शुन्य प्लास्टिकको देश बन्ने योजनालाई पुरा गर्न प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको जनाइएको छ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

खेलकुद

लंका प्रिमियर लिगको ड्राफ्टमा सन्दीपसहित नेपालका दुई खेलाडी

लंका प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा सन्दीप लामिछानेसहित नेपालमा दुई खेलाडी परेका छन् । श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिगको ड्राफ्टमा नेपालबाट सन्दीप र सुमन गौतम परेका हुन् ।खेलाडीको अक्सन भोलि हुँदै छ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

किङ्स इलेभेन पन्जाब रसनराइजर्स हैदरावाद भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‌वान्टी क्रिकेटअन्तर्गत आज (बिहीबार) किङ्स इलेभेन पन्जाबले आफ्नो छैटौं खेल सनराइजर्स हैदरावादसँग खेल्दैछ। खेल नेपाली समयअनुसार राति ७:४५ मा सुरु हुनेछ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...