AMK

आजकाे मुख्य खबर | २०७७-०६-२६ | Head News | Durbar Times


"दरबार टाईम्स - आजको मुख्य खबर" श्रृंखलामा आज  २०७७-०६-२६ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति - समसामयिक
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

२४ घण्टामा ४,०४७ जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा ४,०४७  जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ९  जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

राजनितिक-समसामयिक

सरकारले लकडाउनको सोच बनाएको छैनःप्रदीप ज्ञवाली

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पहिलेकैजस्तो मुलुकव्यापी लकडाउनको सम्भावना नरहेको बताएका छन् ।सरकारले अहिले त्यस्तो सोच नबनाएको, विकल्पका बारेमा विज्ञहरूको राय–सुझाव लिइरहेको बताएका हुन् ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

प्रहरी परिसरका अधिकारीहरुमाथि छानविन सुरु

काठमाडौं प्रहरी परिसरका अधिकारीहरुमाथि छानविन सुरु भएको छ।महानगरीय प्रहरी कार्यालय रानिपोखरीले एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा छानविन समिति गठन गरेर काम थालेको हो।

त्रिभुवन विश्व विद्यालयविरुद्ध परेको जाहेरी छानविन नै नगरी गलत तथ्य पेस गरेर तामेलीमा राखेको भन्दै प्रहरी प्रधान कार्यालयमा गत बुधबार उजुरी परेको थियो।काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, एसपी सोमेन्द्रसिंह राठौर र मुद्दा शाखाका डीएसपी देविप्रसाद पौडेलविरुद्ध उजुरी परेको हो।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

भन्सार छली ल्याएका कपडा वरामद

जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलि गरी ल्याएको रु ४ लाख ७५ हजार वराबरको अबैध कपडा सहित ट्रक नियन्त्रणमा लिएको छ ।कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु २ ख ३४० नम्बरको ट्रकमा भन्सार छलिगरी ल्याएको ९ सय ५० थान कुर्ता सलवार नियन्त्रणमा लिइएको हो ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

२४ उद्योग विरुद्ध मुद्दा

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले  खाद्य ऐन प्रतिकुल देखिएका उत्पादक कम्पनी तथा उद्योग विरुद्ध मुद्दा चलाइएको  छ।विभागकाे ‘र्यापिड रेस्पोन्स टिम’ मा विभिन्न २४ उजुरी परेकोमा एक  उद्योग अनुमती वीना सञ्चालन भएको पाइएकाले बन्द गराइएको छ । खाद्य ऐन विपरित रहेको दुई उद्योगलाई उत्पादन रोक्का गरिएको विभागले जनाएको छ । अन्य २१ उद्योग विरुद्ध भने मुद्दा चलाइएको दाहालले जानकारी दिए।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

यसवर्ष नयाँ नाेट सटही नहुने

कोभिड-१९ संक्रमणको जोखिमका कारण दसैंलक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दसैंमा नयाँ नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्‍ने र भिड हुन गई संक्रमणको जोखिम झनै बढ्ने भएकाले यसपटकको दसैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको बताए ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

नाइजेरियामा बन्दुकधारीद्धारा १२ सर्वसाधारणको गोली हानी हत्या

नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले १२ जना सर्वसाधारण गाउँलेको गोली हानी हत्या गरेका छन् । उनीहरुले कादुना राज्यको गिवा गाउँमा ती गाउँलेको हत्या गरेका हुन् । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कैयौँलाई नराम्ररी घाइते बनाएका छन् ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

खेलकुद

रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (सोमबार) रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।बैंगलोर र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...