AMK

आजकाे मुख्य खबर | २०७७-०६-२८ | Head News | Durbar Times

"दरबार टाईम्स - आजको मुख्य खबर" श्रृंखलामा आज २०७७-०६-२८ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।


आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति - समसामयिक
  • अन्तराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

२४ घण्टामा २६३८  जनामा काेराेना संक्रमण
पछिल्लो २४ घण्टामा २६३८   जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १२   जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

राजनितिक-समसामयिक

गण्डकी प्रदेशविरुद्ध ३८ मुद्दाः सात फैसला
गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध विभिन्न तहका अदालतमा चालु आर्थिक वर्षमा २७ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ११ गरी आर्थिक वर्ष २०७६/७७ मा ३८ मुद्दा रहेका छन्। तीमध्ये सातको फैसला भएको मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले बताए ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

कार्तिक ७ सम्म क्लिन फिड नभए कारबाही गर्ने सरकारको चेतावनी
विज्ञापन ऐन–२०७६ को प्रावधानअनुसार आगामी कात्तिक ८ देखि नेपालमा क्लिन फिड लागु गर्नुपर्ने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सरोकारवालालाई जानकारी गरएको छ ।यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने चेतावनी समेत मन्त्रालयले दिएको छ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

सप्तरीमा प्रहरी र तस्कर समूहबीच झडप, दुई प्रहरी घाइते
सप्तरीमा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । झडपका क्रममा दुई जना प्रहरी घाइते भएका छन् ।
झडप भएको ठाउँबाट प्रहरीले तस्करले प्रयोग गरेको एक थान मोटरसाइकलसमेत बरामद गरेको छ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

हेटौंडा औद्योगिक क्षेत्रका १११ वटै उद्योग सञ्चालनमा
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् ।साे क्षेत्रमा रहेका १११ मध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले जनाएको छ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

अन्तराष्ट्रिय

भारतमा भारी वर्षा, ११ जनाको मृत्यु
दुई दिनदेखिको भारी वर्षाका कारण भारतमा १२ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार तेलंगना राज्यमा वर्षासँगै आएको बाढीले २ महिने शिशुसहित १२ को ज्यान लिएको हो।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

अफगानिस्तानः तालिबानले शान्तिवार्ताबीच गर्‍यो ठूलो हमला, सुरु भयो युद्ध
अफगानिस्तानको हेलमंद प्रान्तमा सरकारी सैनिक र तालिबान लडाकूबीच भारी युद्ध चलिरहेको छ जसका कारण त्यहाँका हज्जारौं परिवार आफ्नो घर छोडेर भागेका छन् ।गत महिना अफगानिस्तान सरकार र तालिबानबीच शान्ति वार्ता भएको थियो । त्यसपछि दुबै पक्षबीच पहिलो पटक लडाईं सुरु भएको हाे ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

खेलकुद

दिल्ली र राजस्थान भिड्दै, राजस्थानलाई हारको बदला लिने मौका
आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्दैछन् ।खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु भएकाे हाे ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...