आजकाे मुख्य खबर | २०७७-०६-०८ | Head News | Durbar Times


आजकाे मुख्य खबर | २०७७-०६-०८ | Head News | Durbar Times

"दरबार टाईम्स - आजको मुख्य खबर" श्रृंखलामा आज  २०७७-०६-०८ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति - समसामयिक
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • माैसम

कोरोना सम्बन्धी

२४ घण्टामा १४९७ जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १४९७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। त्यस्तै पछिल्लाे २४ घण्टामा काेराेनाबाट १७ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

राजनीति - समसामयिक

नेपाल–चीन सीमाको ११ नम्बर पिलर ५८ वर्षपछि फेला पर्यो

प्रजिअको नेतृत्वको टोलीले हुम्लाको चीन सङगको सिमानामा रहेको ११ नम्बरको सीमास्तम्भ ५८ वर्षपछि फेला परेको छ । बुधबार अनुगमनको लागि सिमा क्षेत्र स्थीत गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले उक्त सीमास्तभ फेला पारेको हो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

डा. केसीको समर्थनमा वीरगञ्जका चिकित्सकले सांकेतिक विरोध

लामो समय देखि सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीको समर्थनमा  वीरगञ्जका चिकित्सकले सांकेतिक विरोध गरेका छन् । उनीहरुले  हातमा कालोपट्टी बाँधेर डा. केसीमाथि भएको अभद्र व्यवहारको विरोध  गरेका छन् ।डा. केसीले चिकित्सा क्षेत्र सुधारको लागि प्रजातान्त्रिक अधिकार प्रयोग गरि सरकार समक्षे आफ्नो जनपक्षिय माग राखेकोमा सरकारवाट उक्त काममा दमन गर्नु नागरिकको प्रजातान्त्रिक अधिकारको हनन् भएको  नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले जनाएको छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

अन्तराष्ट्रिय

नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने

नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । इजरायलको नर्सिङ क्षेत्रमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा सम्झौता हुन लागेको हो ।सम्झौतापत्रमा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य र इजरायलका विदेशमन्त्री गाबी अस्खेनाजीले हस्ताक्षर गर्ने नेपाली दूतावासका द्वितीय सचिव अर्जुन घिमिरेले जानकारी दिए ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

पर्यटन

खानीडाँडा र थामखर्क विमानस्थल शनिबारदेखि नियमित

बन्दाबन्दीका कारण छ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा यही शनिबारदेखि नियमित उडान हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै नेपाल वायु सेवा निगमको हवाईजहाजले मनमायाँ राई खानीडाँडा विमानस्थल र थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान भर्ने भएको हो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

खेलकुद

आईपीएलमा किङ्स इलाभेन पन्जाब र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बिहीबार) किङ्स इलाभेन पन्जाब र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।पन्जाब र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

१० वर्षमा पहिलो पटक मेस्सी र रोनाल्डो परेनन् "यूईएफए प्लेयर अफ दि इयर"अवार्डको मनोनयनमा, को को परे त?

यूईएफए प्लेयर अफ दि इयर अवार्डको मनोनयन सार्वजनिक भएको छ ।यूईएफएले सार्वजनिक गरेको मनोनयनमा पहिलो पटक लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो परेका छैनन् ।बार्सिलोनाका मेस्सी र युभेन्ट्सका रोनाल्डो पछिल्लो १० वर्षमा पहिलो पटक मनोनयनमा नपरेका हुन् ।याे वर्षकाे मनोनयनमा म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र मानुएल नुएर रहेका छन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

माैसम

अझै तीनदिन देशभर वर्षा हुने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको र याे शनिबारसम्म कायम रहने मौसमविद् प्रतिभा मानन्धरले बताin ।उनका अनुसार आइतबारबाट वर्षा हुने क्रम केही रोकिए पनि पूर्णरूपमा मौसम सफा भई घाम लाग्न केही दिन लाग्नेछ ।

थप समाचारका लागि  यहाँ क्लिक गर्नुहाेस् ।

"दरबार टाईम्स - आजको मुख्य खबर" श्रृंखलामा आज २०७७-०६-०८ गतेको अहिले सम्मका मुख्य खबरहरु प्रस्तुत गर्याैँ। अन्य दिनहरुमा पनि बेलुका ५:०० बजे दिनभरीका मुख्य खबर पढ्न सक्नुहुनेछ । कृपया सत्य र निस्पक्ष खबरको स्तरीय प्रसारणको लागि दरबार टाईम्स हेर्दै गर्नुहोला..


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...