आजकाे मुख्य खबर | २०७७-०६-१४ | Head News | Durbar Times


आजकाे मुख्य खबर | २०७७-०६-१४ | Head News | Durbar Times

"दरबार टाईम्स - आजको मुख्य खबर" श्रृंखलामा आज  २०७७-०६-१४ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति - समसामयिक
  • अन्तराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

२४ घण्टामा  जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १५५९  जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ७ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

राजनीति - समसामयिक

नेपालमा बलात्कारकाे अवस्था चिन्ताजनक छैनःगृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा बादलले नेपालमा बलात्कारका घटनामा बृद्धि भएपनि विश्वका अरू देशकाे तुलनामा नेपालकाे अवस्था चिन्ताजनक नभएकाे बताएका छन् ।अमेरिकालगायत विकशित मुलुककाे अवस्था नेपालकाे भन्दा खराब रहेकाे भन्दै नेपालका अवस्था चिन्ताजनक नभएकाे थापाले बताएका हुन्।समग्रमा अवस्था चिन्ताजनक नभएपनि नेपालले आफ्नाे स्थिति बदल्न जरूरत छ भन्नेमा सरकार स्पष्ट रहेकाे बताए ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

माडी नगरपालिकामा अयोध्याधाम निर्माणका लागि जग्गा

चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो ।  नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताए।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

बुद्धशान्ति गाडी खरिद प्रकरणः प्रदेश सरकारको कानुनको ठाडो उल्लंघन

झापाको बुद्धशान्ति गाउँपालिकाले खरिद गरेको गाडी प्रकरणमा प्रदेश १ सरकारको कानुनको ठाडो उल्लंघन भएको छ।प्रदेश सरकारले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूका लागि सवारी खरिद गर्दा तोकिएको मापदण्ड भन्दा बढी मूल्य हालेर बुद्धशान्ति गाउँपालिकाले गाडी खरिद गरेको हो।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा आन्दोलन गर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बुधबार बसेको पदाधिकारीको बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार र आर्थिक अनियमिततामा मुछिएको भन्दै पदाधिकारी बैठकले आन्दोलन गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

अन्तराष्ट्रिय

२८ वर्षपछि विशेष अदालतको फैसलाः प्रमाण भेटिएन, सबै ३२ अभियुक्तलाई सफाइ

बाबरी मस्जिद बिध्वंश मुद्दामा भारतकाे सीबीआईको विशेष अदालतले सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ।विशेष अदालतका न्यायाधीशले बुधबार फैसला सुनाउँदै ठोस प्रमाण नपाइएका कारण सबैलाई सफाइ दिइएको बताए । बिध्वंश सुनियोजित नरहेको पनि न्यायाधीशले फैसला सुनाउने क्रममा बताएका छन् ।

महामारीका कारण बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सुचारु

कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सुचारु  हुन थालेका छन् ।सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

खेलकुद

आईपीएलमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच  प्रतिस्पर्धा

यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटअन्तर्गत आज (बुधबार) राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...