आजकाे मुख्य खबर | २०७७-०५-२९ | Head News | Durbar Times


आजकाे मुख्य खबर | २०७७-०५-२९ | Head News | Durbar Times

"दरबार टाईम्स - आजको मुख्य खबर" श्रृंखलामा आज २०७७-०५-२९ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति - समसामयिक
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

पछिल्लो २४ घण्टामा ११७० जनामा संक्रमण पुष्टि,

पछिल्लो २४ घण्टामा देशभर ११७०   जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। त्यस्तै पछिल्लाे २४ घण्टामा काेराेनाबाट १४ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस्।

मेडिसिटी, ग्रान्डी, नेशनल अस्पताल र टेकुमा पिसिआर परीक्षण गर्दा ४ फरक रिपोर्ट, छानबिन गर्दै मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षण गर्दा चार अस्पतालमा फरक फरक रिपोर्ट आएको विषयमा छानबिन अगाडि बढाएको छ।मन्त्रालयका अनुसार मेडिसिटी अस्पताल, ग्रान्डी अस्पताल, नेशनल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एकै व्यक्तिको फरक फरक रिपोर्ट आएको हो।मन्त्रालयले यो विषयमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसन्चालन केन्द्रलाई जिम्मा दिएको छ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

राजनीति - समसामयिक

डाक्टर केसीद्वारा जुम्लामा १९ औं सत्याग्रह सुरू

वरिष्ठ चिकित्सक गोविन्द केसीले १९ औं सत्याग्रह थालेका छन्। विभिन्न माग राख्दै पटक-पटक सरकारलाई अल्टिमेटम दिँदै आएका केसीले सोमबार जुम्लामा अनसन थालेका हुन्।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

आन्तरिक उडान असोज १५ र लामो दूरीको यातायात असोज १ गतेबाट

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) ले आन्तरिक उडान आगामी असोज १५ गते (अक्टोबर १) बाट र लामो दूरीका यातायात असोज १ गतेबाट नै सुचारु गर्न सुझाव दिनेगरि तयारी गरेको छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्  ।

अर्थ

निजी ल्याबमा परीक्षण गरे पनि बिमा रकम भुक्तानी पाउने बीमा समितिकाे निर्णय

बीमा समितिले कोरोना बिमा मापदण्ड, २०७७ तथा कोरोना बीमा लेखमा संशोधन गर्दै निजी ल्याबमा कोरोना परीक्षण गरेर पोजेटिभ रिपोर्ट देखिएमा पनि बिमा रकम भुक्तानी पाइने निर्णय गरेकाे छ । यसअघि निजी ल्याबमा कोरोना परीक्षण गरी पोजेटिभ देखिएमा बीमा रकम भुक्तानी नगर्न दिएको निर्देशनबाट बीमा समितिपछि  पछि हटेको हो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

अन्तरराष्ट्रिय

किम जोङका पाँच आलोचकलाई गोली हानेर मारियो

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका पाँच आलोचकलाई गोली हानेर मारिएको छ।गत जुलाई ३० मा उत्तर कोरियाको अर्थमन्त्रालयका पाँच कर्मचारीलाई किमको आदेशमा गोली हानी मारिएको डेलीएनकेले जनाएको छ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

खेलकुद

खेल मैदान बन्याे रणभूमी एकै खेलमा १७ वटा कार्ड प्रयाेग

फ्रेन्च लिग वानअन्तर्गत पिएसजी र मार्सेलीबीच आइतबार राति भएको फुटबल खेलमा खेलाडीहरुकाे खेल मैदानमै भिडन्त भयो । खेलाडीहरु नै एकापसमा भिड्दा खेल मैदान ‘रणमैदान’ बन्न पुग्यो । जसमा रेफ्रीले पाँच वटा रातो कार्डसहित १७ वटा कार्ड प्रयोग गरेका थिए ।सिजनको सुरुवातदेखि नै खराव प्रदर्शन गरिरहेको फ्रेन्च च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) मार्सेलीसँग १–० पराजित हुन बाध्य भयो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

इंग्ल्याण्डसँग अस्ट्रेलिया पराजित

वान डे सिरिजको दोश्रो खेलमा अस्ट्रेलिया पराजित भएको छ । इंग्ल्याण्डसँगको खेलमा २४ रनले अस्ट्रेलिया पराजित भएको हो ।योसँगै अस्ट्रेलिया र इंग्ल्याण्डले एक एक खेल जित्दै सिरिजमा बराबरी गरेका छन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

"दरबार टाईम्स - आजको मुख्य खबर" श्रृंखलामा आज २०७७-०५-२९ गतेको अहिले सम्मका मुख्य खबरहरु प्रस्तुत गर्याैँ। अन्य दिनहरुमा पनि बेलुका ५:०० बजे दिनभरीका मुख्य खबर पढ्न सक्नुहुनेछ । कृपया दरबार टाईम्स हेर्दै गर्नुहोला...


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...