आजकाे मुख्य खबर | २०७७-०६-०२| Head News | Durbar Times


आजकाे मुख्य खबर | २०७७-०६-०२| Head News | Durbar Times

"दरबार टाईम्स - आजको मुख्य खबर" श्रृंखलामा आज २०७७-०६-०२गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति - समसामयिक
  • अर्थ
  • पर्यटन
  • स्वास्थ्य
  • अन्तराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

पछिल्लो २४ घण्टामा २०२० जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर   २०२० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। त्यस्तै पछिल्लाे २४ घण्टामा काेराेनाबाट ७ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

राजनीति - समसामयिक

नेपालको रेल विवाह पञ्चमीको दिनबाट पूर्ण रूपमा सञ्चालनमा आउने

जनकपुर–जयनगर रेल बन्द भएको ६ वर्षपछि आगामी मंसिरबाट नियमित रूपमा सञ्चालन हुने भएको छ ।नेपालको नयाँ रेल जयनगरबाट शुक्रवार जनकपुरमा आइपुगेको छ ।धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मंसिरमा विवाह पञ्चमीको दिनदेखि रेल नियमित सञ्चालनमा आउने जानकारी गराएका हुन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

राष्ट्रसङ्घको ७५ औँ महासभामा प्र.म नेतृत्वको टोली सहभागी हुँदै

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ । न्युयोर्कमा आजदेखि शुरु भएको ७५औँ महासभालाई प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

विद्युतीय मिनी बस सञ्चालनमा

नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ । कोटेश्वरबाट आज दुईवटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका छन् ।दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बसको आज एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गरेका हुन्।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

अर्थ

अनलाइनबाट भएको आम्दनी बैंक खातामा जम्मा गर्न सकिने

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागकाे हिजाे जारी भएकाे सूचना अनुसार 'इ - कमर्स' लगायत इन्टरनेट मार्फत गरिने कमाइ  तथा विभिन्न अनलाइन  माध्यमबाट हुने काराेबार बापत नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने व्यवस्था  गरेकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

पर्यटन

मिनी ग्रेटवाल’ मा एघार सय मिटर पदमार्ग निर्माण

विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको ‘मिनी ग्रेटवाल’ मा एक हजार १०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको छ ।जिल्लाको मात्र नभई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दीपुरमा गत आर्थिक वर्षदेखि पदमार्ग पर्खाल निर्माण शुरु भएको थियो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

स्वास्थ्य

सातजना कोरोना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी : डब्ल्यूएचओ

विश्वभर कोरोना भाइरसबाट संक्रमित भएका मानिसहरुमा औसतमा सातजनामध्ये एकजना स्वास्थ्यकर्मी रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । डब्ल्यूएचओले बिहीबार दिएको जानकारी अनुसार केही मुलुकमा भने कोरोनाबाट संक्रमित हुने स्वास्थ्यकर्मीको हिस्सा तीन जनामा एक छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

अन्तराष्ट्रिय

संयुक्त राष्ट्रसंघको महासभा भर्चुअल विधिबाट हुने, विश्वका १७३ नेताले सम्बोधन गर्ने

संयुक्त राष्ट्रसंघको  महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् । कोभिड १९ को सङ्क्रमण विश्वमा नै नरोकिएका कारणले यस वर्षको संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

खेलकुद

च्याम्पियन्स लिग फुटबलको अवार्डको व्यक्तिगत विधातर्फकाे मनोनयन सार्वजनिक भएको छ । युराेपियन फुटबल फेडेरेशनले मनाेनयनमा परेका  खेलाडीहरूकाे नामावली सार्वजनिक गरेकाे हाे । जसअनुसार फरवार्ड अफ दि सिजन'को मनोनयनमा च्याम्पियन टिम बायर्न म्युनिखका रोबर्टो लेवान्डोस्की,  उपविजेता टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पे र नेयमार रहेका छन्।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

"दरबार टाईम्स - आजको मुख्य खबर" श्रृंखलामा आज २०७७-०६-०२ गतेको अहिले सम्मका मुख्य खबरहरु प्रस्तुत गर्याैँ। अन्य दिनहरुमा पनि बेलुका ५:०० बजे दिनभरीका मुख्य खबर पढ्न सक्नुहुनेछ । कृपया सत्य र निस्पक्ष खबरको स्तरीय प्रसारणको लागि दरबार टाईम्स हेर्दै गर्नुहोला..


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...